Search

प्रमुख जिल्ला अधिकारीले पाए लकडाउन गर्ने अधिकार

प्रमुख जिल्ला अधिकारीले पाए लकडाउन गर्ने अधिकार

बाँपीझ्याला, काठमाडौं । आज बसेको कोभिड संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैंठकले अब लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।
कोरोना नियन्त्रण तथा रोकथामको बिषयमा उपत्यका मेयर फोरमले अघिल्लो बैंठकमा राखेको लकडाउन सम्बन्धी प्रस्तावलाई निर्णय गर्दै आजको बैंठक सकिएको उपत्यका मेयर फोरमको सचिव तथा मध्यपुर थिमी नगरपालिकाको प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।


तिहार छठ पछि संक्रमणदर बढ्ने आकल गरिएको भएपनि त्यसो नभएको कारण अहिले आवश्यकताको आधार लकडाउन गर्न जिल्ला प्रशासनलाई अधिकार दिएको उनले बताए । अहिले उपत्यकामा कक्षा १२ को परीक्षा चलिरहेको कारण छठदेखि २१ दिनलाइ अध्ययन गरेर यहाँको अवस्था अनुसार जिल्ला प्रशासनलाई निर्णय गर्ने अधिकार दिएको उनले बताए । जहाँबढी संक्रमण भएको हुन्छ, त्यही जिल्ला वा ठाउँलाइ सिल गर्ने तथा लकडाउन गर्ने भन्ने बिषयमा प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने छ ।


श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यकता र संक्रमणदरको जोखिमलाइ हेरेर लकडाउन गर्न सक्ने गरी निर्णय भएको छ । यसरी निर्णय गर्दा जिल्ला प्रशासनले केन्द्रसँग सम्मन्वय गरेर काम गर्नु पर्ने छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!