बाँपीझ्याला, दोलखा । गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट दोलखाले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको लागि निःशुल्क डाटाका लागि अनलाईन फाराम भर्ने सूचना प्रकाशित गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोविड –१९ को महामारीको संक्रमणले उच्च शिक्षा अध्ययनरत विपन्न विद्यार्थीहरु सिकाई सहजीकरणका लागि हाल नियमित रुपमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यार्थी वित्तिय सहयोग कार्यक्रमले निःशुल्क अनलाईन टाडा उपलब्ध गराउने निर्णय सहित २०७७ मंसिर १९ गतेभित्र अनलाईन फाराम भर्नका लागि सूचना प्रकाशित गरिएको छ ।
