Search

विचार,बिधि,पद्धति र संस्थागत प्रणालीबाट निष्कर्ष निकालौं : शर्मा

विचार,बिधि,पद्धति र संस्थागत प्रणालीबाट निष्कर्ष निकालौं : शर्मा

बाँपीझ्याला, काठमाडौं । नेकपाको स्थायी कमिटी सदस्य तथा प्रभावशाली नेता जनार्दन शर्मा(प्रभाकर) पार्टी भित्र देखिएको समस्या समाधानको उपाए विचार,बिधि,पद्धति र संस्थागत प्रणाली भएको बताएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।
उनी आजबाट आफ्नो नियमित काममा फर्किएका छन् । उनले आफु चिकित्सकको सल्लाह अनुसार नियमित काममा फर्किएको जानकारी दिएको छ ।

उनले भनेका छन्,सर्वप्रथम पार्टी एकतामा पैदा भएको संकट समाधान विचार,बिधि,पद्धति र संस्थागत प्रणालीलाई स्थापित गर्न बहसका विच बाट निष्कर्ष निकाल्दै संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा नै अहिलेको मुख्य एजेन्डा हो ।

कोरोना भाइरसको संक्रमण भएपछि शर्मा होम आइसोलेसनमा रहदै आएको थियो । यस अगाडि नै उनी संक्रमण मुक्त भएपनि नियमित कार्यमा फर्किएका थिएनन् ।

चिकित्सकको सल्लाह अनुसार आजबाट आफ्नो नियमित कार्यमा पुर्ण रुपले लाग्ने छु, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले आफु पार्टी भित्र देखिएको संकट समाधानमा पुर्ण रुपले लाग्ने बताएका छन् । तत्कालीन माओवादी र एमालेको एकताको सुत्रधारमध्ये शर्मा पनि एक हुन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!