Search

बीबीसीको उत्कृष्ट सय महिलाकाे सूचीमा परिन नेपालकी सपना रोका मगर

बीबीसीको उत्कृष्ट सय महिलाकाे सूचीमा परिन नेपालकी सपना रोका मगर

बाँपीझ्याला, काठमाडौं । बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले बनाएको सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छन् । उनले पशुपति आर्यघाटमा बेवारिसे शवलाई दागबत्ती दिँदै आएकी छन् ।

राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।

‘यस वर्ष पनि सय महिलालाई उत्कृष्टको सूचीमा समावेश गरिएको छ, जो परिवर्तन र उत्प्रेरक कामको नेतृत्व गर्दै अघि बढेका छन्’, बीबीसीले उल्लेख गरेको छ ।

सूचीमा नेपालकी सपनासहित फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिन, न्यु अवतार र मार्भल फिल्मका मिचेल यिओ र कोरोना भाइरसको भ्याक्सिन विकासमा काम गरिरहेको अक्सफोर्ड विश्वविद्यालयकी रिसर्चर सारा जिलबर्ट समावेश छन् ।

१८ वर्षीया सपना म्याग्दीको मंगला गाउँकी हुन् । घरबाट पढ्न भनेर काठमाडाैं आएकी उनले अहिलेसम्म दर्जनाैं बेवारिसे शबलाई दागबत्ती दिइसकेकी छन् ।

नामावली हेर्न यहाँ क्लिक गर्नु होला https://www.bbc.com/news/world-55042935

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!