०८ मंसिर, बाँपीझ्याला, कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। दुर्घटनामा यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी प्रहरीले जनाएको छ ।
दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो।
यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। उनका अनुसार दुर्घटना सोमबार दिउँसो करिब एक बजे भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्याउँदा करिब पौने २ बजे मृत्यु भएको थियो।
‘ल्यान्ड हुनु पर्ने स्थानभन्दा डेढ-दुई किलोमिटर माथि खसेको हो। क्याम चोक भन्ने ठाउँमा खसेको हो,’ उनले भने,’के कति उचाइबाट खसेको र कसरी खसेको भन्ने अनुसन्धान भइरहेको छ।’