Search

यो विजय होइन, युद्धविराम होः डा. भट्टराई

यो विजय होइन, युद्धविराम होः डा. भट्टराई

०८ मंसिर , बाँपीझ्याला, काठमाडौं । कोरोना संक्रमण भएपछि विगत एक महिनादेखि आइसोलेसनमा बसेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई कोरोनामुक्त भएका छन् ।

चौथोपटकको परीक्षणपछि कोभिड-१९ परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । भट्टराईसँगै संक्रमित भएकी पूर्वमन्त्री तथा जसपा नेतृ हिसिला यमी पनि कोरोनामुक्त भएको डा. भट्टराईले जानकारी दिएका छन् ।

‘एक महिनापछि कोभिड-१९ सँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो,’ उनले भने ।

उनले यसलाई कोरोनासँगको युद्धविरामको संज्ञा दिएका छन् । ‘यो युद्धविराम हो, विजय हैन,’ उनले भनेका छन्, ‘यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्नँ, मानवजातिले संयुक्तरूपमा जित्नुपर्छ । अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं !’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!