Search

वर्तमान संकट समाधानको कदम अघि बढाउन सासंद दिव्यमणी राजभण्डारीको आग्रह

वर्तमान संकट समाधानको कदम अघि बढाउन सासंद दिव्यमणी राजभण्डारीको आग्रह

बाँपीझ्याला, काठमाण्डौं । नेपालीहरुको महान चाडपर्व दशै र तिहारको अन्त्यसँगै बढ्दो हिंउदको जाडोमा कोरोना महामारी बढिरहेको छ । सम्पूर्ण उपाय लगाएर कोरोना संक्रमणबाट हुने महामारी नियन्त्रण गर्ने काम अहिलेको सबभन्दा संकटकालीन प्राथमिकताका रुपमा लिईनु पर्छ । आगामी दिनहरू थप भयानक, चुनौतीपूर्ण र आर्थिक संकट झन् गहिरिएर जाने निश्चित छ ।

महामारीको बेलामा सत्तारुढ पार्टीले सबै कुरालाई छोडेर मुलुक र अर्थतन्त्रको बर्वादी नियन्त्रण गर्न गम्भीरतापूर्वक सबै उपाय लगाउनु जरुरी र अनिवार्य रहेको छ । तर व्यक्तिगत र गुटगत स्वार्थले गर्दा सत्तारुढ पार्टी आफैं अकर्मन्य भएको अवस्था छ ।


यही अवस्थामा विदेशी चलखेल देखिएको हुनाले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गम्भीरतापूर्वक यो अवस्थालाई संस्थागत रुपले संवोधन गर्ने बेला आएको छ । संस्थागत निर्णय र निष्कर्ष बनाउन छोडेर व्यक्तिगत विचार पोखेर मात्र समस्याको समाधान हुँदैन ।

त्यसैले नेपाली काँग्रेसले भौतिक दूरीका नियम पालना गर्दै केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाउनु एकदमै अनिवार्य र जरुरी भईसकेको छ । पार्टीको दुवै निकायका सम्पूर्ण सदस्यलाई महामारीको कारणले बैठकमा सहभागी गराउन सम्भव नभए पार्टीका पदाधिकारीहरू र संसदीय दलबाट परराष्ट्र, अर्थ, स्वास्थ्य मामिलाका अनुभवी, जानकार र क्रियाशील सदस्यलाई राखेर वर्तमान संकटबारे बैठक र साझा निर्णय गरियोस् ।


प्रमुख प्रतिपक्षी पार्टी भएकोले अन्य विपक्षी पार्टीहरूलाई पनि नेपाली काँग्रेसले समेट्ने र समान विचारका साथ समस्या समाधान गर्न रचनात्मक र बाध्यात्मक वातावरण बनाउन सासंद दिव्यमणी राजभण्डारीले विशेष आग्रह गर्नु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!