अजय प्रधान,
बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नं २, ऐतिहासिक नगर पाखलति बसपार्क नजिक रहेको बर्जयोगिनि मन्दिर (जोगिनदेउ) परिसर सरसफाई कार्य सम्पन्न गरिएको छ ।
पाखलती सहयोग समिलति र अभयपुर टोल विकास समितिको अगुवाईमा झारै झारले र कुरै कुरोले पुरिएको परिसर सरसफाई गरेपछि आकर्षण देखिएको छ ।
भीमेश्वर नगरपालीका वडा नं २ को मुख्य बजारमा अवस्थीत यस मन्दिर जिर्णद्वार भई पुनःनिर्माणको पर्खाईमा रहेको छ । पुनःनिर्माणको लागि धेरै पहलहरु भएको तर हाल सम्म पुननिर्माणको पहल के कस्तो अवस्थामा रहेको छ यहाँका स्थानियवासिन्दाहरु अनभिज्ञ छन् ।

यस मन्दिरमा जनैपुर्णिमा, बालाचतुरदर्शि र विभिन्न चाडपर्वमा मेला लाग्ने गर्दछ । सरसफाई पश्चात् यो मन्दिर परिसरमा पर्यटकहरु बस्न र बालबालिकाहरु खेल्न सजिलो भएको छ । यो सरसफाई गर्न पाउँदा भारी भएको जिउ नै हलुका भएको महशुस भएको पाखलती उपकार समितीका सदस्य एवं स्थानिय वासिन्दा शंकरमान श्रेष्ठज्युले बताउनु भयो ।

उपस्थित सबै सहयोगि हरुलाई पाखलति सहयोग समितिका अध्यक्ष अधिवक्ता श्याम कृष्ण मास्के र अभयपुर टोलविकास समितिका अध्यक्ष अजय प्रधानले धन्यवादका साथै आगामी दिनमा पनि एकजुट भई सबैले आआफ्नो टोल सफा राख्ने अभियानमा लाग्न आग्रह गर्नुभयो ।
उपस्थितहरुलाई अभयपुर टोल विकास समितिको तर्फबाट चिया नास्ताको व्यवस्था गरिएको थियो । पुर्खाहरुले जोगाउदै आएको यस बज्रयोगिनि मन्दिर जोगिनदेउ सिघ्र पुननिर्माणको लागि सबैले आवश्यक पहल गर्न पर्ने देखिन्छ ।
