Search

नेवाः गुथि तोखाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश नापित

नेवाः गुथि तोखाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश नापित

बाँपीझ्याला, काठमाण्डौं । नेवाः गुथि तोखाको छैठौं अधिवेशन सम्पन्न भएको छ । छैठौं अधिवेशनबाट रेमश नापितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

शनिबार सपनतीर्थ मन्दिर परिसरमा सम्पन्न भएको छैठौं अधिवेशनबाट नापितको अध्यक्षमा निर्विरोध नयाँ कार्य समितिको चयन गरिएको हो । समितिमा उपाध्यक्षमा रामलाल डंगोल र सुर्यमान डंगोल, महा सचिवमा हेरकाजी डंगोल, सचिवमा प्रकाश डंगोल र निरंञ्जन डंगोल चयन भएका छन् भने कोषाध्यक्षमा महेश्वरी डंगोल रहेका छन् ।

यस्तै समितिको सदस्यहरुमा हरिभक्त श्रेष्ठ, दिपा जोशी, राजकाजी श्रेष्ठ, श्रीमाया डंगोल, हिरादेवी श्रेष्ठ, सानुकाजी डंगोल, निशा डंगोल, प्रकाश डंगोल, ज्ञानकाजी श्रेष्ठ, हरी कृष्ण श्रेष्ठ, सिद्धीलाल महर्जन, राजीव श्रेष्ठ, हरी वहादुर श्रेष्ठ र हरी नारायण श्रेष्ठ रहेका छन् ।

यसअघि तदर्थ समितिका अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ, टोखा नगरपालिका वडा नं २ का वडाअध्यक्ष दिपक राज जोशी, टोखा -३ का वडा अध्यक्ष सिंह राज श्रेष्ठ, ज्यापु महा गुथिका केन्द्रीय अध्यक्ष राजभाई जकःमी, गुथिका उपाध्यक्ष सत्यनारायण डंगोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नव नियुक्त सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई नेवाः गुथि तोखाका अध्यक्ष तथा कार्यक्रमका सभापति देवराज डंगोलल तथा तोखा देय् नायो हेमराज श्रेष्ठले दोसल्ला तथा बेताली पहिराएर बधाई तथा शुभकामना दिएका थिए । त्यसै टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले मन्त्री श्रेष्ठलाई संरक्षित क्षेत्रको कार्यपत्र हस्तान्तरण गरिएका थिए ।

त्यसै कार्यक्रममा गत वर्ष नेपाल सम्वत् ११४० देखि तोखाको विभिन्न क्षेत्रमा आफ्नो जीवन समर्पीत गरेका व्यक्तित्वहरुको सम्मान तथा पुरस्कृत गर्ने उद्देश्यले शुरु गरेको विद्वोत पुरस्कारका लागि आफ्ना स्वर्गीय परिवारको स्मृतिमा २ लाख रुपैयाको कोष स्थापना गर्ने स्व.जमराज श्रेष्ठ स्मृति पुरस्कार, स्व. गजराज जोशी ट्रष्ट स्मृति पुरस्कार , स्व.ज्ञानवीर डंगोल स्मृति पुरस्कार र स्व.भाजुमान डंगोल स्मृति पुरस्कार स्थपना गर्ने परिवारलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा टोखा संस्कृति संरक्षण विकास क्षेत्र समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, टोखा वडा नं २ र ३ का वडा सदस्यहरु हेराकाजी डंगोल पञ्चकुमारी श्रेष्ठ हरीमान श्रेष्ठ गुथिका सल्लाहकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिरहेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!