Search

ओलीका समर्थकले गरे सुरेन्द्र पाण्डेविरुद्ध सार्वजनिक कार्यक्रममै नाराबाजी –भिडियो

ओलीका समर्थकले गरे सुरेन्द्र पाण्डेविरुद्ध सार्वजनिक कार्यक्रममै नाराबाजी –भिडियो

बाँपीझ्याला, चितवन । पूर्वअर्थमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि विरोध प्रदर्शन भएको छ ।

चितवनको राप्ती नगरपालिकामा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै गरेका नेता पाण्डेमाथि केही व्यक्तीहरूको समूहले नाराजुलुस गरेका हुन् ।

यस घटनालाई नेकपाभित्रको गुटगत विवादका रुपमा लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताकार्यकर्ताहरूले नेता पाण्डेको विरोधमा नाराजुलुस गरेको उनका सहयोगी सञ्जिव पाण्डेले लोकान्तरसँग बताए ।
उनले भने, कमिटि बाहिरका मानिसहरू आए र हुलहुज्जत गर्न थाले । उनले यो घटना गुटगत नै भएको बताएका छन् ।

यता युवा संघका केन्द्रीय नेता रमेश आयार्चले नेता पाण्डे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा बोलेका कारण स्थानीय नेताकार्यकर्ताले विरोध गरेको दावी गरेका छन् ।

भिडियो

https://www.facebook.com/100037240002241/videos/378262140091783/

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!