Search

२४ जुवाडे विभिन्न स्थानबाट पक्राउ

२४ जुवाडे विभिन्न स्थानबाट पक्राउ

बाँपीझ्याला, काठमाण्डौं । विभिन्न स्थानबाट २४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जसअनुसार तनहुँको ब्यास नगरपालिका-१३ बेलबासस्थित बलराम रानाको घरमा तास खेलिरहेका राना समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई २ सय ७० पत्ती तास र नगद २६ हजार २ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।


यसैगरी मोरङको रतुवामाई नगरपालिका-८ सिक्किमे टोल बस्ने ३५ वर्षीय सागर गडतौलाको घरमा जुवातास खेलिरहेका गडतौला समेत १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, १ बुक तास, १६ थान कौडा, १७ थान मोबाइल र उनीहरु सवार सवारी साधन समेत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!