परिचय
कृषिजन्य प्राङ्गारिक खेती भन्नाले माटोको वनावटलाई नखल्बलाई र माटोलाई जिवित राख्ने गरी प्राङ्गारिक पदार्थहरू प्रयोग गरेर आधुनिक तरिकाबाट कृषिजन्य वाली उत्पादन गर्ने उद्देश्यले गरिने खेती नै कृषिजन्य प्राङ्गारिक खेती हो । यसमा विभिन्न किसिमका खेर गएका प्राङ्गारिकहरूलाई उपयोग गरेर कृषिजन्य बालीको खेती गर्न सकिन्छ जस्तैः वाली विरुवाका अवशेषहरु, पशु तथा फार्महरुबाट खेर गएका अवशेषहरू हुन् । त्यस्तैगरी अन्य जैविकबाट बनेका विभिन्न मल र विषादी साथै विषादीजन्य वा कोसे बलीका बोट विरुवाहरूबाट बनेका मल तथा विषादीहरु पनि पर्न आउँछन् । तर विश्व भरीका देश लगायत नेपालमा रासायनिक मल र विषादीको अत्याधिक प्रयोग गरेर कृषिजन्य बालीको उत्पादन गर्दै आईरहेका छन् । फलस्वरुप कृषिजन्य बालीको गुणस्तर उत्पादन कम हुँदै गएको छ, माटोको उर्वराशक्ति ह्रास हुँदै गएको छ, मानव तथा पशुपंक्षीको स्वास्थ्यमा नकरात्मक असर पार्दै गई रहेको छ र वातावरणलाई प्रदुषित पार्दै लगेकोछ । त्यसकारण यस्तो अवस्थामा अब प्राङ्गारिक खेती गर्न नितान्त अवश्यक छ र सुरुवात पनि भई रहेकोछ । प्राङ्गारिक खेतीको लगि आवश्यक पर्ने कुराहरु र केहि प्रविधिहरुको बारेमा छोटोरुपमा तल प्रस्तुत गरिएकोछ ।
१. प्राङ्गारिक खेतीका लागि आवश्यक मुख्य आधारहरु
स्वस्थ र गुणस्तरयुक्त कृषिजन्य बाली उत्पादन गर्न, माटोको उर्बराशक्ति बढाउन, मानव तथा पशुपंक्षीको स्वास्थ्यमा नकरात्मक असर नपार्न र वातारणलाई स्वच्छ राख्नको लागि कृषकहरुले प्राङ्गारिक खेतीका लागि ४ मुख्य आधारहरुलाई अप्नाउनु पर्ने हुन्छ जस्तै क) जमिनको व्यवस्थापन ख) माटो व्यवस्थापन ग) बाली व्यवस्थापन र घ) रोगकीरा व्यवस्थापन ।
२. प्राङ्गारिक तरकारी खेतीको लागि मलखादको व्यवस्थापन तथा सुधारिएका प्रविधिहरू
क) गोठेमल तथा गोबरमलको व्यवस्थापनमा सुधार
गुणस्तरयूक्त गोठेमलको लागि छाप्रो र ढलको व्यवस्था राम्रो मिलाई घाम, पानी र भलबाट मललाई जोगाएर वा बचाएर राख्नु पर्दछ । मूत्रलाई मलको खाडल तथा छुट्टै खाडलको व्यवस्था गरी राम्रोसँग व्यवस्थापन गरेर सदुपयोग गर्नु पर्दछ । मल खेतबारीमा लैजानु अघि वा खेतबारीमा लगिसकेपछि पनि घाममा सुकाउनु हुँदैन यसलाई तुरुन्तै खनजोत गरेर माटोमा मिलाई दिनु पर्दछ । कोसेबाली तथा खाद्यतत्वयूक्त बोट विरुवा सम्मिलित सोत्तरको बढी से बढी उपयोग गर्नु पर्दछ र मल राख्ने (थुपार्ने) ठाउँमा नै राम्ररी कुहिने गरी व्यवस्थित गरेर राख्नु पर्दछ । गोठेमल छिटो कुहाउनको लागि ई.एम. वा जिवातु प्रयोग गर्न सकित्छ । गोठ वा भकारो र मल फाल्ने वा राख्ने ठाउँको अभाव हुनुहुँदैन पर्याप्त र उपयुक्त ठाउँ हुनु पर्दछ । गोठेमलबाट सबै किसिमका खाद्यतत्वहरु पाइन्छ ।
ख) कम्पोष्टमल
गोठेमलले कृषकहरुको जग्गामा सिफारिस गरे अनुसार प्रयाप्त मात्रामा पुगेन भने खाडल तथा थुप्रे विधिबाट कम्पोष्टमल बनाउन आवश्यक हुन्छ । कम्पोष्टमल बनाउनको लागि खेतबारीकै एक छेउमा बनाउन सकिन्छ । यस मल बनाउनको लागि कोसेबाली तथा खाद्यतत्वयूक्त बोट विरुवाका कुहिन सक्ने कलिला डाँठ पातहरु तथा घाँसहरु प्रयोग गर्न सकिन्छ । छिटो कुहाउनको लागि जोरनको रुपमा बन वा पोखरीको कालो माटो, खरानी, चून, गोबर, पशु मूत्र आदि प्रयोग गर्न सकिन्छ । आजकाल गुणस्तरयूक्त कम्पोष्टमल बनउनको लागि शूक्ष्म जिवाणु जस्तै ई.एम. र जिवातु प्रयोग गर्दै आईरहेका छन् साथै यसबाट अन्य विधि भन्दा छिटो मल तयार हुन्छ । तयार भई सकेको कम्पोष्टमलमा ट्राईकोडर्मा भिरिडी मिसाएर ४ दिन जति छोपेर राखी पछि प्रयोग गर्दा विरुवामा रोग लाग्न सक्दैन ।
निम्न अनुसारको प्रविधीहरुको प्रयोग गर्न सकिन्छ । (तश्विरबाट)
१ सुधारिएको गोठेमल,
२ कम्पोष्ठ मल
३ गडेउला मल
४ गोलभेडा कलमी प्रविधी
ग) गड्यौले मल
गड्यौले मलमा गोेठे या कम्पोष्ट मलमा भन्दा विरुवाका पोषक तत्वहरु (ना,फो,पो) को मात्रा ३–८ गुणासम्म र लाभकारी सूक्ष्म जीवाणुहरुको संख्या ८–१० गुणा बढी पाईएकाले खेतीपातीका लागि खास गरेर प्राङ्गारिक खेतीका लागि बढी उपयोगी भएकाले यसको प्रयोगमा आइरहेको छ । गड्यौला मल बनाउनको लागि विशेषगरी गड्यौलाको खाना, चिस्यान, तापक्रम र पी.एच.मान (अम्लीयपन) मा धेरै ध्यान दिनु पर्दछ । कृषकहरुले आफ्नो क्षमता अनुसार आफैले गड्यौले मल तयार पार्न सक्दछन् जुन बाँसको डालो, प्लाष्टिक क्रेड, काठको बाकस, सिलपोलिन प्लाष्टिक वेड, ईट्टाको ट्याङ्की आदिमा गड्यौले मल बनाउन सक्दछन् । गड्यौला तथा यसको खानालाई कमिला, सुलसुले, मुसा आदिबाट जोगाउँनको लागि जाली लगाउनु पर्दछ । गड्यौलाले अँध्यारो ठाउँ मन पराउने भएकोले छाँयादार स्थानमा (टहरा, घरपछाडी, बगैचाको कुना) व्यवस्था गर्दा राम्रो हुन्छ ।
घ) बोकासी मल
बोकासी मल कृषकहरुले घरेलु तरिकाले स्थानीय साधन र स्रोतबाट बनाउन सकिने प्राङ्गारिक मल हो । यो मल जापानी प्रविधिबाट बन्दै आएको हो र नेपालमा पनि यसको प्रयोमा आईरहेको छ । यो मल जिवाणुले बनेको हुन्छ र यसलाई जिवाणु मल पनि भन्ने चलन छ । बोकासी लगातार प्रयोग गर्नाले दिगोरुपमा माटोको उर्वराशक्तिलाई बढाउँदछ । यसको प्रयोगले माटोको उर्वराशक्ति प्रत्येक वर्ष बढ्दै जान्छ । अन्य प्राङ्गारिक मलको साथ बोकासी मल प्रयोग गर्दा खासगरी तरकारी बालीको उत्पादन बढाउनमा सहयोग पुग्दछ । बोकासी मल खासगरी धानको मसिनो ढुटो, हाडको धुलो, पिना, ई.एम., सख्खर (गुड) र पानीको मिश्रणबाट बनाईन्छ । बोकासी मल जोरनको रुपमा पनि सुख्खा वा पानीमा घोलेर गोठेमल, कम्पोष्ट मल, कुखुराको मल आदिलाई कुहाउनको लगि प्रयोग गर्न सकिन्छ ।
छ) पञ्चकाभ्य
पञ्चकाभ्य एक प्राङ्गारिक खाद्यतत्व तथा सूक्ष्म खाद्यतत्वको रुपमा घरमै बनाउन सकिने एक प्रकारको मल हो । जुन यसले बोट विरुवाको विकास प्रबर्धन र रोगसँग लड्न सक्ने क्षमता अभिवृद्धि गर्ने भूमिका खेल्दछ । यसले बोट विरुवालाई मात्र नभएर पशुपंक्षी र मानव स्वस्थ्यलाई पनि धेरै फाईदा गर्दछ । यो सिंचाई कम भएको र खडेरी अवस्थामा यसको प्रयोगले ३० प्रतिशत जति बाष्पिकरण छिटो हुन दिदैन । यो मल बनाउनको लागि गाईको गोबर, गाईको मूत्र, गाईको घिउ, गाईको दुध, गाईको दही, पानी, सख्खर, नरिवलको पानी र पाकेको केरा प्रयोग गरिन्छ । यो मल बीउ, बेर्ना र बीउ भण्डारणको लागि उपचार गरिन्छ र साथै बोट विरुवाको हरियो अवस्थामा, फूल फुलेको अवस्थामा र फल लाग्ने अवस्थामा छर्न सकिन्छ । यो मल ३% को झोल बनाएर उपचार तथा छर्न सकिन्छ ।
ज) जिवामृत
जिवामृत घरमै बनाउन सकिने एक आवश्यक पोषक तत्व हो जुन विरुवा बृद्धि प्रवद्र्धन गर्न सहयोग गर्दछ । जिवामृत यस्तो पदार्थ हो जसमा लाभदायक शूक्ष्म जिवाणुहरु हुन्छन् जसले आवश्यक पोषक तत्वहरु विरुवाको बृद्धि र बाली उत्पादनमा सहयोग पु¥याउँदछ । जिवामृतले थप शुक्ष्म जिवाणुको मद्दतले राम्रोसंग माटोलाई क्रियाशिल गराउँदछ । शुक्ष्म जिवाणुहरुले नाईट्रोजन जस्तै एजोटोव्याक्टर (Azotobacter), एसिटोव्याक्टर/ (Acetobacter), Phf]l:kl/lnod (Azospirilium) एजोस्पिरिलियम (एजोस्पिरिलियम) र फोसफोरस घुलाउने व्याक्टेरिया स्यूडोमोनास (Pseudomonas) र पोटास घुलाउने व्याक्टेरिया व्यासीलस सिलिकसहरु गोबरमा उपलब्ध हुन्छ जुन जिवामृतमा प्रयोग गरिन्छ । त्यस्तैगरी गाईको मूत्रमा रोग विरुद्ध लड्न सक्ने जिवाणुहरु हुन्छ । जिवामृत बनाउनको लागि २५ लिटरको प्लाष्टिक ड्रम, गाईको मूत्र, सख्खर वा गुड, चनाको पिठो, गाईको गोबर, थोरै मलिलो माटो र पानी प्रयोग गरिन्छ । १ लिटर जिवामृतमा २० लिटर पानी मिसाएर १५ दिनको एक पटक विरुवामा छर्न सकिन्छ ।
झ) जैविक मल
जमिनमा धेरै थरिका लाभदायक जिवाणु तथा ढुसाीहरु पाईन्छ जस्तै प्रिमियम एजोस्पी, प्रिमियम फस्फोफिक्स, प्रिमियम एजोटोप्लस, भ्याम (भेसिकुलर आरबसकुलर माईकोराइजा), राइजोवियम, ल्याक्टिक एसिड व्याक्टेरिया, पिएसबी, केएसबी, ट्राइकोडर्मा, फोटोसेन्थेटिक व्याक्टेरिया, इष्ट आदि । यिनीहरुले नाइट्रोजन, फोस्फोरस र पोटास लगाएत अन्य शूक्ष्म खाद्यतत्वहरुलाई स्थिरिकरण गरी तथा घुलनशिल बनाई विरुवासम्म पु¥याउने काम गर्दछ । बैज्ञानिकहरुले जमिनमा भएका यस्ता लाभदायक जिवाणुहरुलाई संकलन गरी झोल तथा धुलो मलको रुपमा प्याकिङ्ग गरी बजारमा विभिन्न नामबाट ल्याएको छ । त्यस्तैगरी हरेक बनस्पतीहरु र सामुद्रीक बस्तुहरुबाट बनेका विभिन्न प्रकारका मलहरु बजारमा पाईन्छ । जस्तै अमृत मल, ग्रिनगोल्ड, पोषण, पोषण प्लस दानादार, एग्रीजाईम, उर्वरा पाउडर, प्लान्ट गोल्ड आदि ।
३. प्राङ्गारिक खेतीको लागि बनस्पती तथा जैविकबाट बनेका विषादीबाट कीरा तथा रोगको व्यवस्थापन
बनस्पती विषादी
नेपालमा रोगकीरा नियन्त्रणको लागि विभिन्न प्रकारका बनस्पतीहरु पाईन्छन् जस्तै निम, बकाईनो, असुरो, तितेपाती, सिस्नु, कालमेघ (अंकुरी फूल), बनमारा, लसुन, प्याज, खुर्सानी, अदुवा, बोझो, गोलभेडाका पात, सयपत्री, टिमुर, बेसार, सूर्ती, जालीफूल आदि । यस बनस्पतीको साथसाथै गाईको मूत्र, गाईको गोबर, गाईको दुध, खरानी आदि मिश्रण गरिन्छ । यि सबै बनस्पतीहरुबाट हरेक रोगकीराहरुको रोकथामको लागि विभिन्न प्रकारका विषादीहरु बनाउन सकिन्छ । यस्ता विषादीहरुबाट विभिन्न प्रकारको रोगकीराहरुको प्रभाकारी ढंगबाट रोकथाम भएको पुष्टि भएको छ ।
दशकाभ्य
दसकाभ्य घरमा बनाउन सकिने एक किसिमको प्राङ्गारिक तथा जैविक मल वा विषादीको रुपमा चिनिन्छ । ९ किसिमका झारपात तथा वनस्पतीलाई पञ्चकाभ्यसंग मिसाएर बनाईन्छ । यो मल तथा विषादी बोट विरुवा स्वस्थ राख्न र बृद्धिको लागि साथै रोगकीरा नियन्त्रणको लागि प्रयोग गरिन्छ । पञ्चकाभ्यमा मिसाउन चाहिने बनस्पतीहरु क) तितेपाती, ख) करन्जा, ग) ढुड्ड्र्री फूल, घ) काली धतुरो, ङ) असुरो, च) आँक, छ) सिमाली, ज) सजिवन (रामजिवन) र झ) निम हुन् । यसलाई ३ प्रतिशतको झोल बनाउने र त्यस झोललाई राम्रोसँग छान्ने अनि बोट विरुवामा राम्रोसँग छर्न सकिन्छ ।
विजामृत
विजामृत भनेको घरमै बनस्पती आधारितबाट बनाउन सकिने विषादी हो जुन बीउ उपचारको लागि धेरै उपयोगी छ । त्यसकारण यो विषादी बीउ छर्नु वा रोप्नु भन्दा अगाडी बीउ उपचार गरिनु पर्दछ । जसलेगर्दा बेर्ना अवस्थामा कुनै पनि प्रकारको रोग लाग्नबाट रोकथाम गर्न सहयोग पु¥याउँदछ । विजामृत बनाउनको लागि प्लाष्टिक ड्रम, गाईको मूत्र, गाईको गोबर, सख्खर वा गुड, कृषि चून र बेसारको धुलो आवश्यक्ता पर्दछ । अब तयार भएको २० ग्राम बिजामृत १०० मिलि पानीमा घोलेर १० ग्राम बीउ उपचार गर्न पुग्दछ र यसलाई आधा घण्टासम्म छायाँमा सुकाउनु पर्दछ । यसको बीउ उपचारबाट बोट विरुवाहरु स्वस्थ भएको पाईएको छ ।
जैविक विषादी
जमिनमा धेरै थरिका लाभदायक जिवाणु तथा ढुसाीहरु पाईन्छ जस्तै वियुभेरिया बेसियाना (ढुसी), एन.पि. भी (न्युक्लियर पोलिहेड्रस भाइरस), वेसिलस् थुरेन्जेसिस (व्याक्टेरिया), भर्टिसिसियम लेकानी (ढुसी), मेट्रोजियम एनिसोप्लिया (ढुसी), ट्राइकोडर्मा भिरिडि, बेसिलस सवटाइलिस (व्याक्टेरिया), सेडोमोनास फ्लोरेसेन्स (व्याक्टेरिया), भर्टिसिलियम (ढुसी) आदि । बैज्ञानिकहरुले जमिनमा भएका यस्ता लाभदायक जिवाणुहरुलाई संकलन गरी झोल तथा धुलो विषादीको रुपमा प्याकिङ्ग गरी बजारमा विभिन्न नामबाट ल्याएको छ । त्यस्तैगरी हरेक बनस्पतीहरु र सामुद्रीक बस्तुहरुबाट बनेका विभिन्न प्रकारका विषादीहरु पनि बजारमा पाईन्छ । जस्तै संजिवनी, निप्रोट, निसर्ग, बायसाइड त्रिभी, गार्ड, एग्रिसिन, एग्रीशक्ती, बायोसाइड म्यानिक आदि ।
४. यान्त्रिक तथा भौतिक विधिबाट कीराको रोकथामका उपायहरु
– हातले टिप्न सक्ने कीरा तथा कीराका लार्भाहरु हातले टिपेर संकलन गरी मार्ने तथा रोगी बोट उखेली नष्ट पार्न सकिन्छ ।
– फेरोमोन पासो वा सेक्सल्यूर वा मोहिनी पासो विभिन्न बालीमा विभिन्न जातका कीराका लागि प्रयोग गरेर बालीलाई बचाउन सकिन्छ जस्तै काक्रोको फल कुहाउने झिंगा, गोलभेडाको गवारो, भण्टाको डााठ र फलमा लाग्ने गवारो आदि ।
– विभिन्न प्रकारका हानिकारक उड्ने पुतली तथा बारुलाका प्रजातीलाई जालीले पक्रेर मार्न सकिन्छ ।
– टाँसिने पहेंलो प्लाष्टिकको कार्ड बाली लगाएको खेतबारीको ठाउँ ठाउँमा राखेर विभिन्न मसिना कीराहरुलाई फसाउन सकिन्छ ।
– विभिन्न कृषिजन्या बाली लागाएका ठाउँमा हानिकारक कीराहरुलाई बत्तीको पासो पारेर मार्न सकिन्छ ।
५. गोलभेडा र भण्टाका विभिन्न रोग अवरोधक क्षमता बढाउनको लागि कलमी प्रविधि
गोलभेडा लगायत धेरैजसो तरकारी बालीको जरामा गाँठा बनाई उत्पादनमा ह्रास ल्याउने परजिवी जुकालाई निमाटोड भनिन्छ । बोटविरुवामा रोग ल्याउने विभिन्न जिवाणुहरू जस्तै ढुसी, व्याक्टेरिया, भाईरस जस्तै अर्को एउटा जिवाणु निमाटोड पनि हो । खासगरी व्याक्टेरियाबाट हुने ओईल्याउने रोग र जरामा गाठो बनाउने जुकाले गोलभेडा जातका बालीलाई धेरै क्षति पु¥याउँदछ । यस्तो प्रकारको क्षति कम गर्नको लागि गोलभेडाको जातको बालीलाई कलमी गर्नको लागि रुटस्टकको रुपमा जङ्गली भण्टा प्रयोग गरिन्छ । कलमीको लागि बेर्ना उत्पादन गर्नको लागि कलमी घर, नर्सरी, गोलभेडाको बीउ, जङ्गली भण्टाको बीउ, पोलिथिन व्याग, आबश्यक मलहरु पर्दछ । त्यस्तैगरी कलमी गर्नको लागि पाराफिल्म, क्लिप, सिकेचर, प्लाष्टिकको बाटा, ब्लेड, रुटस्टक र साईनहरु आवश्यक पर्दछ । कलमी गरिसकेपछि कलमी गरेको बेर्ना कलमी घरमा राखेर हुर्काउनको लागि तापक्रम र आद्रता राम्रोसंग मिलाउनु पर्दछ ।
६.प्लाष्टिक ट्रेमा कोकोपिट भरेर बेर्ना उत्पादन गर्ने प्रविधि
व्यवसायिक तरकारी तथा फलफूल खेतीको लागि अचेल प्लाष्टिकको ट्रे र कोकोपिट प्रयोग गरी बेर्ना उत्पादन गर्दै आएका छन् । यस प्रविधिबाट हानिकारक ढुसीहरुले नोक्सान पु¥याउन पाउँदैन र साथै बेर्ना मर्ने सम्भावना धेरै न्यून हुन्छ । पहिला पहिला कृषकहरुले जमिनमा अस्वस्थ बेर्ना उत्पादन गरी खेतबारीमा बेर्ना रोप्दै आएका थिए । जसलेगर्दा उनीहरुको उत्पादनमा कमी हुँदै आएको थियो । अहिले प्रविधिको विकास हुने क्रम संगसंगै प्लाष्टिकको ट्रे र कोकोपिटमा स्वस्थ बेर्ना उत्पादन हुन थालेको छ जसलेगर्दा कोकोपिट सहित बेर्ना जमिनमा सार्ने भएकोले बेर्ना मर्दैन र उत्पादनमा पनि बृद्धि हुन थालेको छ । तर अझै पनि यो प्रविधि व्यापकरुपमा कृषक माझ पुग्न सकि रहेको छैन । यसको लागि सबै निकायहरुले व्यापकरुपमा प्रचार प्रसार गर्नु पर्ने आवश्यक्ता देखिएको छ ।
७.सघन बाली खेती प्रणाली
सघन धान खेती प्रणालीको केही सिद्धान्तलाई अप्नाएर अन्य बालीको खेती पनि गर्दै आएको छ । यस्तो प्रविधिबाट पर्यावरण, जलवायु परिवर्तनलाई कम गर्ने उद्देश्यले खेती गर्न सकिन्छ । एस.आर.आई. प्रविधिबाट अन्य बालीको खेती गर्दा छिटो र बढी उत्पादन हुन सक्छ साथै रोग कीरा कमै लाग्छ र सिंचाई पनि बढी दिनु पर्दैन । जुन सघन धान खेती प्रणाली अप्नाएर अन्य बालीको खेती गरिन्छ त्यसलाई सघन बाली खेती प्रणाली भनिन्छ । भारतमा साथसाथै नेपालमा पनि यो प्रणालीबाट अन्य बालीको खेती गर्ने अभ्यास बढ्दै गएकोछ जस्तै गहुँ, कोदो, बेसार, उखु, तोरी, तरकारी, मकै खेती पनि गर्दै आएका छन् । यस प्रणालीबाट अंकुराएका बीउ खेतबारीमा एक एक बटा रोपिन्छ वा छोटो समयको बेर्ना रोपिन्छ, एक एक वटा बेर्ना दुरी फरक पारेर रोपिन्छ, प्राङ्गारिक मल बढी प्रयोग गरिन्छ, कम सिंचाई उपल्ब्ध गराईन्छ र झारपात र गोडमेलमा बढी ध्यान दिईन्छ । यस प्रणालीबाट उत्पादन दोब्बर देखि तेब्बरसम्म बढेको पाइन्छ ।
८.माटो निर्मलीकरण
माटोमा भएको हानिकारक कीरा र रोग तथा विशेष गरी शकाणु (Sterilization) साथै झारपातहरूलाई पनि नियन्त्रण गर्नको लागि कम्तिमा ३ हप्तासम्म सेतो पारदर्शी प्लाष्टिकको साहयताले छोपी माटोको निर्मलीकारण ९क्तभचष्ष्शिबतष्यल० गर्ने प्रक्रियालाई माटो निर्मलीकरण भनिन्छ । खासगरी माटोको निर्मलीकरण जुनसुकै बालीको बेर्ना उत्पादन गर्ने ठाउँको नर्सरी व्याडमै गरिन्छ । यसमा २५० गेजको पातलो पारदर्शी प्लाष्टिक प्रयोग गरी हावा नछिर्ने गरी माटोलाई छोपिन्छ, कम्तिमा पनि ३ हप्तासम्म सोलराईज्ड गरिन्छ, प्लाष्टिकले छोपेको माटोको तापक्रम बाहिरको तापक्रम भन्दा १०–१२ डिग्री सेन्टीग्रेड वढाउँछ, यसले हानिकारक रोग र किरा विशेष गरी शकाणु ९ल्झबतयमभक ० नियन्त्रण गर्छ र यसले नर्सरीमा झारपातको नियन्त्रण गरी माटोलाई फुको बनाउँछ । माटो निर्मलीकरण गरेको एक हप्ता पछि मात्र बीउ छर्नु पर्दछ नत्र भने माटोको तातोले गर्दा बीउ नउम्रिन सक्छ ।
९.वेष्ट डिकम्पोजर
भारतीय सरकार अन्तर्गत कृषि मन्त्रालयको सहयोगमा जैविक खेती राष्ट्रिय केन्द्रले देशी गाईको गोबरबाट कल्चर गरि वेष्ट डिकोम्पोजर नामबाट उत्पादन गरेको हो । यसमा ३ प्रकारको लाभदायक व्याक्टेरिया हुन्छन् जसमा एक खालको व्याक्टेरियाले माटोलाई मलिलो बनाई उर्वराशक्ति बढाई दिन्छ, अर्को व्याक्टेरियाले रोग लाग्न दिदैन र त्यस्तैगरि अर्को व्याक्टेरियाले खाद्यतत्वको काम गर्दछ । एक बोतल वेष्ट डिकोम्पोजरबाट ३० दिन भित्रमा १० हजार मे. टनसम्म वेष्ट डिकोम्पोजर बनाउन सकिन्छ । यसलाई माटोमा सिंचाई गरेर माटोको मलिलोपन र उर्वराशक्ति बढाउन सकिन्छ त्यस्तैगरि बाली तथा झारपातका अवशेषहरु कुहाई दिन्छ । बोटविरुवमा बारम्बार छर्ने गरेमा कुनै किसिमको कीरा तथा रोगहरु लाग्दैन । गुणस्तरिय गोठेमल, कम्पोष्टमल, झोलमल र विभिन्न खालको घरेलु विषादी बनाउनको लागि धेरै उपयोगी हुन्छ । यस वेष्ट डिकोम्पोजरबाट पूर्णरुपमा जैबीक तथा अर्गानिक खेती गर्न सकिन्छ जसलेगर्दा कुनै पनि रासायनिक मल, विषादी र अन्य वायो विषादीहरुको जरुरत पर्दैन ।
नोट : माथिका प्रविधिहरु जान्नको लागि कृषि प्राविधिकहरुसंग सम्पर्क राख्नु पर्ने हुन्छ ।
good post