Search

महानगरपालिकाका उपप्रमुखसहित २८ कर्मचारीमा कोरोना संक्रमणः एक साताका लागि सेवा बन्द

महानगरपालिकाका उपप्रमुखसहित २८ कर्मचारीमा कोरोना संक्रमणः एक साताका लागि सेवा बन्द

बाँपीझ्याला, कास्की । पोखरा महानगरपालिकामा उपप्रमुख मञ्जु देवी गुरुङ्गसहित २८ जना कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि महानगरपालिकाको सेवा एकसाताका लागी बन्द गरिएको छ ।

नगरप्रमुखको सचिवालय, प्रशासन शाखा, लेखा शाखा लगायतका कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यक काम बाहेकका सेवा आगामी १२ गतेसम्मलाई बन्द गरिएको सुचनामा जनाईएको छ ।

महानगरपालिकाले कार्यालयमा कार्यरत् एकतिहाई कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्नुपर्ने बाध्यता भएकोले जरुरी काम बाहेक कार्यालयमा नआउन सुचना जारी गरेको छ ।

त्यसैगरी महानगरपालिकाको पशुसेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालसम्मका लागी बन्द गरिएको जनाएको छ । पशु सेवा शाखामा कार्यरत कर्मचारीमा कोरोना र केही व्यक्ति कन्ट्य्क्ट ट्रेसिंङमा परेका कारण सेवा बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।-

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment