Search

भीमेश्वर नगरपालीकाले शिक्षणसिकाई सहजीकरण मार्गदर्शन २०७७ सार्वजनिक

भीमेश्वर नगरपालीकाले शिक्षणसिकाई सहजीकरण मार्गदर्शन २०७७ सार्वजनिक

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका चरिकोट दोलखाले स्थानिय पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि ८ सम्मको सिकाई सहजीकरण मार्गदर्शन २०७७ विमोचन गरि सार्बजनिक गरिएको छ । भीमेश्वर नगरपालीकाका प्रमुख भरत बहादुर के.सी र उप–प्रमुख कमला बस्नेतज्यूले संयुक्त रुपमा विमोचन गर्नु भई सार्वजनिक गरिएको छ ।


यसबारेमा नगर प्रमुख भरत बहादुर के.सी.ज्यू संग सम्पर्क गर्दा नेपाल सरकारको स्थानिय पाठ्क्रम तयार गर्ने निती निर्माण सम्वन्धी नियमानुसार पाठ्यक्रम तयार गर्ने जिम्मा स्थानिय निकायलाई दिएको छ र सोही अनुसार भीमेश्वर नगरपालीकाले पनी आफ्नो नगर भित्र रहेको मठ–मन्दिर, देव–देवालय, पौराणीक जात्रापर्व–चाडपर्व लगाएत पर्यटकिय स्थानहरु र नैतिक शिक्षा जस्ता विषयलाई समावेश गर्नुका साथै विद्यार्थीहरुलाई अति आवश्यक विषयहरु समेत समावेश गरी पाठ्यक्रम निर्माण गरिएको जानकारी वहाँले दिनु भयो ।

यसै गरी यो पाठ्यक्रम १०० पूर्णाङ्कको हुन्छ जुन विषय सरकारी सामूदायिक विद्यालय र निजी तथा आवसिय विद्यालयमा सामुहिक अनिवार्य रुपमा लागू गर्ने उद्देश्य रहेको समेत नगर प्रमुख भरत बहादुर के.सीज्युले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!