Search

दोलखाका होटेल व्यवसायी संकटमा : सहज वातावरण बनाउन आग्रह

दोलखाका होटेल व्यवसायी संकटमा : सहज वातावरण बनाउन आग्रह

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
कोविड १९ को संक्रमणबाट विश्व आक्रान्त भएको बेला कोरोना महामारीका नेपालमा पनि आज भन्दा ८ महिना अगाडीदेखि असंर परेको कारणले हरेक क्षेत्रमा प्रभावित परेको छ । यसै सन्दर्भमा दकारण दोलखा जिल्लामा पनी यसको प्रत्यक्ष असर परेको छ । हाल यहाँ स्थित संचालनमा रहेको होटल व्यवसायीहरु सहजीकरणका लागि स्थानीय प्रशासनको ढोका ढक्ढकाउन पुगेका छन् ।

कोरोना संक्रमण त्रासका कारण दोलखा जिल्लामा पर्यटकहरुको आगमन ठप्प भएसँगै व्यवसाय संकटमा परेपछि सहज वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराईएको हो ।


पर्यटक आवागमन तिब्र हुने प्रसिद्ध दोलखा भीमेश्वर, पर्यटकिय क्षेत्र कालिञ्चोक लगायत जिल्लाका मठमन्दिर र शक्तिपीठहरु बन्द रहँदा व्यवसायीहरु प्रभावित छन् । बजार, यातायात खुल्ला गरिएपनि दोलखा भीमेश्वर, कालिञ्चोक लगाएत अन्य शक्तिपिठहरुमा दोलखा जिल्ला प्रशासनले नित्यपूजा बाहेकका सर्वसाधारणको लागि अन्य क्रियाकलाप गर्न रोक लगाउँदा थप आर्थिक संकट व्यहोर्नुपरेको स्थानिय व्यवसायीहरुको भनाई रहेको छ ।


सदरमुकाम चरिकोटमा होटल संघ दोलखाको तर्फबाट शुक्रवार प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्र खुल्ला गर्न आग्रह गरिएको छ । देशका आन्तरी तथा बाह्य पर्यटक भ्रमण गर्ने मुख्य गन्तव्यहरु नै बन्द रहँदा होटल व्यवसायको अवस्था झन नाजुक बनेको छ, यसको लागि यथासिघ्र ती स्थानमा आवतजावत गर्ने वातावरण बनाउन सम्बन्धित सबै सरोकारवाला निकायलाई आग्रह गर्दछौं” भनी ध्यानाकर्षण पत्रमा भनिएको छ ।


आर्थिक संकटका कारण कतिपय होटल व्यवसायीहरु विस्थापित भैसकेको र संचालनमा रहेका व्यवसायीहरुलाई पनि कर्मचारी व्यवस्थापन, घरभाडा लगाएत वित्तिय संस्थाको कर्जा बुझाउन समस्या भएका कारण राज्यले यसको उचित सम्वोधन गर्नुपर्ने होटल संघ दोलखाका सचिव प्रकाश बुढाथोकीको भनाई रहेको छ । संघले कोरोनाको असर नहटेसम्म घरभाडा समायोजनको लागि समन्वय गर्न पनि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ ।

यसैगरी भीमेश्वर नगरपालिका, घरेलु तथा साना उद्योग विकास कार्यालय तथा जिल्ला कर कार्यालयमा समयमै नविकरण र कर चुक्ता गर्न नसकेका कारण जरिवाना छुट गर्न समेत माग गरिएको छ ।


स्थानिय व्यवसायीहरुले वित्तिय संस्थाबाट लिएको कर्जाको व्याज तथा किस्ता समयमै तिर्न सक्ने अवस्था नरहेकाले बिना हर्जना सहुलियत दरमा किस्ता तथा कर्जा बुझाउन सहजिकरण गर्न पनि आग्रह गरेका छन् । संघका जिल्ला अध्यक्ष रञ्जितकुमार पाठकको नेतृत्वमा गएको होटल व्यवसायीहरुको टोलीले सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको समाचार प्राप्त भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!