Search

अर्थले स्वास्थ्य मन्त्रालयलाई ५८ अर्ब दिने, स्थानीय तहमा ३९६अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत

अर्थले स्वास्थ्य मन्त्रालयलाई ५८ अर्ब दिने, स्थानीय तहमा ३९६अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत

बाँपीझ्याला मिडिया, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले ५, १० र १५ शैयाका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षिय ठेक्का प्रकृया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा उपलब्ध गराइनेछ ।

अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।

अर्थमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा एक महिना अघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार मंसीर १५ गते भवन निर्णाणको शिलान्यास गर्ने निर्णय गरेको छ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!