Search

हलिउड सुपरहिरो फिल्ममा प्रियंका

हलिउड सुपरहिरो फिल्ममा प्रियंका

०५ मंसिर, बाँपीझ्याला, मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडा एउटा यस्तो अभिनेत्री हुन्, जसले बलिउडसँगै हलिउडका प्रोजेक्टमा पनि काम गरिरहेकी छन् । बलिउडकी देशी गर्ल चाँडै नै नयाँ हलिउड फिल्ममा देखिँदैछिन् ।

प्रियंका ‘वी क्यान बी हिरोज’ फिल्ममा देखिनेछिन्, जसमा रोबर्ट रोड्रिगेजको निर्देशन रहनेछ । यो फिलम आउदो वर्ष रिलिज हुनेछ । यसलाई ओटीटी प्लेटफर्म नेटप्mिक्लसमा हेर्न पाइनेछ । बिहीबार प्रियंकाले फिल्मको फस्टलुक सार्वजनिक गरिन् ।

फस्टलुकमा प्रियंकालाई छोटो कपाल र सेतो लुगामा देखिएको छ । ‘आखिरीमा यो आयो । वी क्यान बी हिरोजको फस्टलुक प्रस्तुत गर्दैछु । यसलाई रोबर्ट रोड्रिगेज निर्देशन गरेका छन् । यो सन् २०२१ को शुरुवातमा रिलिज हुनेछ ।

एक बच्चाका लागि क्लासिक फिल्म । रोबर्टले यो फिल्मले यस्तै किसिमको फिल्म बनाएका छन् । फिल्ममा मेरो चरित्रको बारेमा तपाईंलाई बताउनका लागि म उत्साहित छु । अन्य जानकारी केही पछि’, उनले लेखेकी छन् ।

यो एक सुपरहिरो फिल्म हो । फिल्मको लक्षित दर्शक बालबालिका हुन् । जो सुपरहिरो र उसको विश्वमा विश्वास गर्छन् ।

फिल्ममा एलियन्स सुपरहिरोलाई धर्तीबाट उठाएर आफ्नो दुनियाँमा लाने कथा छ । यसपछि बालबालिकाहरु उसलाई बचाउनका लागि एकजुट हुन्छन् र उसलाई एलियनको भीडबाट छुटाउछ ।

फिल्ममा प्रियंकाका अलावा याया गोसेलिन, पेड्रो पास्कल, क्रिस्चियन स्लेटर जस्ता कलाकारको अभिनय छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!