बाँपीझ्याला, काठमाण्डौं । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलसँग परामर्श गरेका छन् ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचण्डले नेताद्वयसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले लेखेको पत्र र सचिवालयमा वितरण गरेको राजनीतिक दस्तावेजका कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
ओली पक्षले सो प्रस्ताव फिर्ता लिन प्रचण्डसँग आग्रह गरेको छ ।
बुधवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको पत्रको जवाफ दिने बताएका छन् ।
नेकपा विवाद उत्कर्षमा पुगेको बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।