Search

राष्ट्रपतिसँग भेटेर फर्के प्रधानमन्त्री ओली, केहीबेरमा नेकपा सचिवालय बैठक

राष्ट्रपतिसँग भेटेर फर्के प्रधानमन्त्री ओली, केहीबेरमा नेकपा सचिवालय बैठक

बाँपीझ्याला, काठमाण्डौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिलाई भेट्न ओली बुधवार बिहान साढे १० बजे शीतलनिवास पुगेका थिए । प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयमा झण्डै पौने घण्टा बसेर बालुवाटार फर्केका हुन् ।

नेकपा विवाद बढेका बेला राष्ट्रपति भण्डारीले मंगलवार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले सहमति गर्न प्रचण्डलाई सुझाव दिएकी थिइन् ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला नेकपा सचिवालय बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक १ बजे बालुवाटारमा बस्ने जानकारी दिए ।

नेकपा सचिवालय बैठकलगत्तै दिउँसो २ बजेका लागि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

‘दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ, एजेण्डा थाहा भएन’ ती मन्त्रीले भने ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!