Search

मन्त्रिपरिषद् बैठक दिउसो २ बजे बालुवाटारमा

मन्त्रिपरिषद् बैठक दिउसो २ बजे बालुवाटारमा

बाँपीझ्याला, काठमाण्डौं । सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको समयमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बुधवार दिउसो २ बजेका लागि बोलाइएको छ ।

दिउसो २ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

‘एजेण्डा थाहा भएन, बैठक दिउसो २ बजेका लागि बोलाइएको छ’ ती मन्त्रीले लोकान्तरसँग भने । नेकपा सचिवालय बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सचिवालय बैठक दिउसो १ बजे बालुवाटारमा बस्दैछ । सचिवfलय बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बस्नेछ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment