Search

सचिवालय बैठक पूर्वनिर्धारित समयमा नै : प्रवक्ता श्रेष्ठ

सचिवालय बैठक पूर्वनिर्धारित समयमा नै : प्रवक्ता श्रेष्ठ

बाँपीझ्याला, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टीको सचिवालय बैठक पूर्व निर्धारित समयमा नै बस्ने बताएका छन् । बैठक आज अपरान्ह १ बजे बालुवाटारमा बस्ने तय गरिएको छ ।

तर, सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए ।

नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच पार्टी सञ्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो ।

यो पनि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद‍्को आकस्मिक बैठक, नेकपा बैठक छल्ने रणनीति
ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्त्रिपरिषद‍्को बैठक बोलाएको बुझिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!