Search

मेक्सिकोमा ट्याङ्कर बिस्फोट, १४ जनाको मृत्यु

मेक्सिकोमा ट्याङ्कर बिस्फोट, १४ जनाको मृत्यु

बाँपीझ्याला, मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याङ्कर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याङ्कर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो । बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीनवटा सवारी साधनमा समेत क्षति पुगेको थियो । –एएनआई

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!