Search

आज किंजपूजा, देशभर सार्वजनिक विदा बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला

आज किंजपूजा, देशभर सार्वजनिक विदा बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला

०२ मंसिर, बाँपीझ्याला, काठमाडौं । नेवार समुदायका केही समूहले आज किंजपूजाको नामबाट आजपनी भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् । भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!