Search

मेेरो जन्म घर दोलखा शहर !

मेेरो जन्म घर दोलखा शहर !
बालकृष्ण श्रेष्ठ “अभयपुरे पासा”
भी.न.पा. –२, दोलखा हाल जोरपाटी, काठमाण्डौं

त्यो गौरीशंकर हिमाल मुनि,
छ मेरो दोलखा हो पुण्यभूमि,
कालिन्चोकमाईको काखैमा बसी,
श्री भिमेश्वरको साथमा रही,
हाँसिरहने यो अभयपुर साँस्कृतिक नगर,
मेरो जन्मघर दोलखा शहर,
गणेश, शिव नारायण छ यहाँ,
बुद्ध र मंजुश्रीको महिमा छ जहाँ,
नाच्दछन् खुशीले भैरव कुमारी,
भ्रमण मच्छिन्द्रको रथमा सवारी,
सलल बग्ने तामाकोसी लहर,
मेरो जन्मघर दोलखा शहर,
त्रिपुरासुन्दरी माता बालकुमारी,
हरसिद्धि, बज्रयोगिनी पुकारी,
खड्ग जात्राको रौनक छ जहाँ,
हिलेजात्रा मनमोहक छ यहाँ,
पुकार गर्छु म हरेक प्रहर,
मेरो जन्मघर दोलखा शहर,
हनुमन्तेको डिलबाट हेरे नि,
सयलुङको शिरबाट हेरे नि,
गुराँस चिमाल लालुपाते फूलमा,
सजिएको छ दोलखा हाम्रै कुलमा,
जति घुमे नि अपुग हुने रहर,
मेरो जन्मघर दोलखा शहर !!
त्यो गौरीशंकर हिमाल मुनि,
छ मेरो दोलखा हो पुण्यभूमि !!

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!