Search

बालगोपालेश्वरमा भाइ-बहिनी टीका

बालगोपालेश्वरमा भाइ-बहिनी टीका


बाँपीझ्याला, हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पहिलो पटक खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीकोबिचमा रहेको बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि आज खुला गरिएको हो ।

यस मन्दिर वर्ष दिनमा भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला रहने गर्छ । तर भूकम्पपछि भने पाँच वर्षसम्म यस मन्दिर बन्द रह्यो । भुकम्पले मन्दिर लगायत रानीपोखरीमा क्षति पुर्याएकाले पुनर्निर्माणका लागि बन्द रहेको थियो ।

दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन रहेको छ । २०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो ।

मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो ।

लामो समयपछि यो वर्ष भाइटीकाका दिन बालगोपालेश्वरको दर्शन गर्न पुगेका सर्वसाधारणहरु खुसी देखिन्छन् । पुनर्निर्माण अघिको भन्दा अहिलेको रानीपोखरी सफा रहेको उनीहरुको भनाई छ ।

पाँच वर्षपछि पुनः बालगोपालेश्वरको दर्शन गरी भाइटीका लगाउन पाउँदा खुशी लागेको सर्वसाधारणले बताए । कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था गरिएको छ ।

भीड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयमसेवक समेत परिचालन गरेको छ । फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोली २ गते पनि मन्दिर खुला हुनेछन्

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!