Search

नाफामा वाणिज्य बैंकभन्दा विकास बैंक अगाडि, कुन बैंकले कति कमाए ?

नाफामा वाणिज्य बैंकभन्दा विकास बैंक अगाडि, कुन बैंकले कति कमाए ?

बाँपीझ्याला, काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा ४८ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरको मान्यताप्राप्त ७ वटा विकास बैंकहरुले अघिल्लो वर्षको ३ महिनाको तुलनामा ४८.६३ प्रतिशत नाफा वृद्धि गरेका हुन् । यो वर्ष यी ७ वटा बैंकहरुको कुल नाफा १ अर्ब २६ करोड ७३ लाख रुपैयाँ छ । अघिल्लो वर्षको यही अवधिमा यो नाफा ८५ करोड २६ लाख रुपैयाँ रहेको थियो । यो करिब ४१ करोड ४६ लाख रुपैयाँ बराबरको वृद्धि हो ।

विकास बैंकहरुमध्ये ५ वटा बैंकको नाफामा उल्लेख्य सुधार देखिँदा राम्रो बैंकको रुपमा रहेका गरिमा विकास बैंक र ज्योति विकास बैंकको नाफा भने घटेको छ । यो अवधिमा कामना सेवा बैंकले अघिल्लो वर्षको भन्दा करिब १० गुणाले नाफा वृद्धि गरेर कुल नाफा २० करोड पुर्याएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ करोड ८६ लाख रुपैयाँ मात्रै थियो ।

त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा पनि यो अवधिमा १ सय २६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १२ करोड ७४ लाखमा सीमित रहेको नाफा चालु आर्थिक वर्षमा २८ करोड ८७ लाख पुगेको हो । यो बैंकले अघिल्लो वर्ष लुम्बिनी प्रदेशका दुई क्षेत्रीय विकास बैंकलाई आफूमा गाभेको थियो ।

महालक्ष्मी बैंकको नाफा पनि करिब ४९ प्रतिशतको वृद्धि भएर १५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा १० करोड ६८ लाख रुपैयाँ थियो ।
विकास बैंकहरुकै विरासत मानिने मुक्तिनाथ विकास बैंकले कोभिड–१९ कै महामारीकाबीच २८.५९ प्रतिशत नाफा वृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष २२ करोड ८७ लाख रुपैयाँ रहेको सो बैंकको नाफा यो वर्ष २९ करोड ४१ लाख रुपैयाँ पुग्दा नाफामा यो वृद्धि देखिएको हो ।

लुम्बिनी विकास बैंकको नाफा भने यो वर्ष सामान्य मात्रै बढेको छ । अघिल्लो वर्ष करिब ९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको नाफा यो वर्ष ११ करोड १७ लाख पुगको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!