Search

सासंद राजभण्डारीबाट राष्ट्रिय आविश्कार केन्द्रलाई सहयोग

सासंद राजभण्डारीबाट राष्ट्रिय आविश्कार केन्द्रलाई सहयोग

बाँपीझ्याला, काठमाण्डौं । नेपाल संवत ११४१ को अवसरमा नेपाली कांग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीले महाविर पुन द्वारा स्थापित राष्ट्रिय आविश्कार केन्द्रलाइ कोरोना महामारी विरुद्धको संघर्षमा लाग्न प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।


सांसद राजभण्डारीले सहयोग हस्तान्तरण गर्दै आविश्कार केन्द्रको प्रगतिको कामना संगै आविश्कार केन्द्रलाइ सकेको सहयोग गर्न संपुर्ण दानविरहरुमा आह्वान गर्नुभयो ।

वहाँंले भन्नु भयो बिगत पच्चीस तीस बर्ष देखि हरेक बर्ष आजको नब बर्षको दिनमा मैले मेरो घरमा भोजको आयोजना गरेर साथीभाईहरु लाई बोलाएर खानपिन गरि रमाइलो गर्ने र नयाँ बर्ष मनाउने गर्दथें तर यो बर्ष कोरोनाको महामारीले गर्दा त्यस्तो कार्यक्रम राख्न सकिएन किन भने सामाजिक दुरी कायम राख्नु पर्ने र भोज भतेर गर्न नपाउने स्वास्थ्यबिज्ञहरुको सल्लाह छ र सरकारको निर्देशन भएकोले सोही कार्यन्वयन गरी संक्रमणबाट बच्नु पर्ने अवस्था रहेको छ ।

त्यसैले यो बर्षको भोज गर्ने र रमाइलो गर्ने पैसा बचेको हुनाले सो पैसा राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने निर्णय गरेको हुँ भन्नु भयो । सहयोग ग्रहण गरे पछि महाविर पुनले सांसद दिव्यमणिलाइ धन्यवाद दिदै राष्ट्रिय आविस्कार केन्द्रलाइ सहयोग गर्ने पहिलो सांसद दिव्यमणि राजभण्डारी भएको सुनाउदै सवैमा सहयोगको लागि आग्रह गर्नु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!