Search

रिकन्डिसन गाडी खाेज्नेलाई नयाँमा जस्तै अफर

रिकन्डिसन गाडी खाेज्नेलाई नयाँमा जस्तै अफर

३० कात्तिक, बाँपीझ्याला, काठमाडौँ । नयाँ गाडी किन्ने ग्राहकले पाउने सुविधा जस्तै सुविधा दिएर सिप्रदी अस्योर्डले रिकन्डिसन कारहरु बिक्री गर्दै आएको छ । झन्डै १० वर्षदेखि रिकन्डिसन गाडीहरु खरिद बिक्री गर्दै आएको सिप्रदी एस्योर्डले ग्राहकलाई फाइनान्स सुविधा, एक वर्षको सडक कर, नामसारी शुल्क र वारेन्टी सहित गाडी बिक्री गर्दै आएको छ ।

कम्पनीले टाटा मोटर्स लगायत अन्तर्राष्ट्रिय ब्राण्डका ठूलादेखि साना गाडीहरु किन्ने ग्राहकलाई किनबेच तथा एक्सचेन्ज सुविधा र सेवा दिदै आइरहेको छ । सहि मुल्यांकन र सहि मूल्यमा गाडी किनबेच गर्ने र आवश्यक सल्लाह र परामर्श पनि दिने भएकोले अहिले सिप्रदी एस्योर्ड ग्राहकहरुको रोजाईमा पर्दै आएको दाबी कम्पनीले गरेको छ ।

कम्पनीले चाडपर्वलाई लक्षित गर्दै गाडी किन्न खोज्ने, मोटरसाइकलबाट गाडीमा अपग्रेड हुन खोज्ने ग्राहकहरुलाई ध्यानमा राखेर ‘व्हील्समा डिल्स्स’ अफर संचालन गरिरहेको छ । यस योजनामा गाडी किन्दा ग्राहकले गाडीको मूल्यहरुमा आकर्षक छुटसमेत पाउने छन् ।

सिप्रदी एस्योर्डका सहमहा प्रबन्धक ध्रुव रेग्मी भन्छन् ‘सामाजिक दुरी कायम गर्न भए पनि अहिले ग्राहकहरुको रोजाईमा रिकन्डिसन गाडीहरुको आकर्षण बढिरहेको छ । त्यसैले ग्राहकहरुलाई रिकन्डिसन गाडीहरुको खरिदमा सहजता ल्याउन र यो चाडपर्वको समयलाई ध्यानमा राखेर हामीले ग्राहकहरुको लागि विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेका छौ ।’

रेग्मीका अनुसार सिप्रदी एस्योर्डले ग्राहकहरुले गाडीमा लगानी गर्दा उच्च भ्यालु प्राप्त होस् भनेर काम गरिरहेको छ । सिप्रदी एस्योर्डबाट गाडी किनेर सन्तुष्ट भएका ग्राहकले अरुलाई पनि रिफर गर्ने चलन बढ्दो क्रममा छ । यसले ग्राहकहरुमा विश्वास बढ्दै गएको छ

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!