Search

नेकपाको एकता गम्भीर मोडमा, एक अर्को पक्षलाई आरोप लगाउँदै नेताहरू

नेकपाको एकता गम्भीर मोडमा, एक अर्को पक्षलाई आरोप लगाउँदै नेताहरू

बाँपीझ्याला, काठमाडौं । सहमति नजिक पुग्न खोजेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता फेरि गम्भीर मोडमा पुगेको छ ।

लिखित रुपमा नेताहरू आरोप प्रत्यारोपमा लागेपछि विवाद झन गिजोलिएको छ । दुई अध्यक्षबीच बिहीबार र शुक्रबार आदानप्रदान भएका आपसी ‘आरोपपत्र’ र दाहाल प्रचण्डका नाममा सचिवालय बैठकमा पेस भएको एकल दस्तावेजले नेकपालाई दुर्घटनाको डिलमा पु¥याएको नेताहरुले नै बताएका छन् ।

अध्यक्ष ओली निकटस्थ नेताहरूले प्रचण्डको प्रस्तावले त्यस्तो अवस्था उत्पन्न भएको बताउन थालेका हुन् । स्थायी समिति सदस्य शंकर पोखरेलले अध्यक्ष प्रचण्डले राखेको एकल प्रस्तावले पार्टी गम्भिर मोडमा पुगेको सामाजिक सञ्जालमा टिप्पणी गर्नु भएको छ ।

उहाँले भन्नु भएको छ ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरूप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु, । ’व्यक्तिगत विचार राख्न स्वतन्त्र’ भएपनि औपचारिक प्रस्ताव प्रस्तुत गर्नु पार्टी हित र नीति विपरीत भएको उहाँको टिप्पणी छ ।

दुवै पक्षका नेताहरूले सामाजिक सञ्जालमा एक अर्का पक्षलाई विभाजनको बाटोमा अगाडी बढेको आरोप लगाएका छन् । प्रचण्ड पक्षीय नेताहरुले भने सहमतिका लागि नै फरकप्रस्ताव आएको तर्क गर्न थालेका छन् ।

यसैबीच, पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अपराह्न राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्री ओली कसरी अगाडि बढ्ने भनेर परामर्श गरिरहनुभएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!