Search

अफगानिस्तानमा सडकका कुुकुरले जोगाएका थिए ५० सैनिकको ज्यान

अफगानिस्तानमा सडकका कुुकुरले जोगाएका थिए ५० सैनिकको ज्यान

बाँपीझ्याला, भयानक युद्धका केही सुन्दर कथाहरुमध्ये यो एक हो । सडकका तीन कुुकुरले मिलेर अफगानिस्तानमा २०१० मा ५० सैनिकको ज्यान बचाएका थिए । एउटा कुुकुर घाइते भएपछि अफगानिस्तानमै म¥यो । अन्य, दुुई कुुकुरलाई अमेरिका ल्याइयो ।

साशा, टार्गेट र रुफुस यी कुकुहरुको नाम हो । यी कुकुरहरु सैनिक ब्यारेक आसपास बस्थे । अमेरिकी सैनिकहरुले उनीहरुलाई माया गर्ने तथा खाना दिने गरेका थिए । घर परिवारबाट टाढिनुको पीडा उनीहरु कुकुरसँग खेलेर भुलाउँथे ।

‘घरपरिवारबाट टाढिनुुपर्दाको पीडा भुलाउन यी तीन कुकुुरहरु हाम्रो माध्यम बनेका थिए,’ तत्कालीन समय अफगानिस्तान तैनाथ क्रिस डुकले भने । उनका अनुसार यी कुकुरहरुसँग खेल्न पाउँदा उनीहरुलाई खतरनाक क्षेत्रमा पनि जीवन सामान्य चलिरहेजस्तो अनुुभव हुन्थ्यो । यद्यपी, यी कुुकरहरु आफ्नो रक्षक बन्नेछन् भनेर उनीहरुले सोचका थिएनन् ।

एकदिन एक आत्मघाती बम हमलाकारी सैनिकहरु सुतेको समय पारेर मध्यरातमा डुकको ब्यारेकभित्र छिर्न खोज्दै थिए, यी हमलाकारीलाई देख्नासाथ तीनवटै कुकुरहरु चर्को स्वरमा चिच्याउन थाले । एउटा कुुकुरले हमलाकारीलाई टोक्यो, त्यसपछि हमलाकारी हड्बडाए, अनि ब्यारेकबाहिरै बम पड्कियो ।

ब्यारेकभित्र ५० जना सैनिक थिए, हमलाकारी त्यहाँ पुुग्न सकेको भए उनीहरु मृत वा घाइते हुनसक्ने थिए । यस घटनामा सासा निकै घाइते भएकाले उसलाई बचाउन सकिएन, टार्गेट र रुफसलाइ भने खासै चोट लागेको थिएन । उनीहरु चाँडै सामान्य अवस्थामा फर्किए ।

यी कुुकुरहरु अन्तर्राष्ट्रिय स्तरमै चर्चित बने । त्यसपछि रुफसलाई क्रिस डुकले आफुसँग राखे । यो कुुकुर उनीसँग धेरै ठाउँहरुको भ्रमणमा गयो । टार्गेटलाई एरिजोना घर भएका अर्का सैनिकले लगे । २०१९ मा टार्गेटको मृत्यु भयो ।

२०१० मै अफगानिस्तानमा यस्तै घटना घटेको थियो । जतिबेला ब्रिन नामक एक कुकुर भोको अवस्थामा एक्लै सडकमा फेला परेको थियो । ब्रिटिस सैनिकहरुले यसलाई हेल्मन्ड नजिकको आफ्नो बेसमा लगे । ब्यारेकमा लगेपछि उनीहरुलाई यो कुुकुरसँग सुँघेर खतरा पत्ता लगाउनसक्ने क्षमता रहेको जानकारी भयो । त्यसपछि उनीहरुले गस्तीमा यसलाई पनि आफूसँगै लैजान थाले ।

एकपटक लस्कर गर नजिक ब्रिन चिच्याउन थाल्यो । उसले लुकाएर राखिएको बमका विषयमा सैनिकहरुलाई सतर्क गराउन चाहेको थियो, यदी बम पड्किएको भए घटनास्थलमा दुई सैनिकको ज्यान जानसक्ने थियो । युद्धका क्रममा तालिवानले एकपटक ब्रिनलाई पक्राउ ग¥यो ।

तर, बेलायती सैनिकहरुले उसलाई उद्धार गरेरै छाडे । त्यसपछि उसलाई इङल्यान्ड पठाइयो र एक व्यक्तिलाई पाल्न दिइयो । ‘ब्रिन धेरै परिवर्तन भइसकेको छ । तर यो परिवर्तनले उसलाई इमान्दार, मायालु र बहादुर हुन कहिल्यै रोकेको छैन,’ ती मालिकले भनेका छन् ।

सडकको कुुकुरले जोगायो फालिएको शिशु
यो कथा केन्याको हो । नैरोवी नजिकैको जंगलमा सन् २००५ मा एउटा शिशु प्लास्टिकमा बेरिएको अवस्था फालिएको थियो, सडकमा घुम्ने एउटा कुुकुरले प्लास्टिकको सम्पर्कमा पुग्यो । उनले प्लास्टिक च्यात्दा शिशु जीवित अवस्थामा बच्चालाई भेट्यो । प्रत्यक्षदर्शीहरुका अनुसार यसपछि यो कुुकुर ती शिशुलाई च्यापेर व्यस्त सडक घुम्यो ।

त्यसपछि आफ्ना साना छाउराहरु लुकाएर राखेको आश्रयस्थलमा उनले बच्चालाई पनि सुरक्षित तरिकाले राख्यो । जब, कुकुुर बसेको छाप्रोका मालिकले शिशुलाई देखेपछि उनलाई अस्पताल पु¥याएका थिए । स्वास्थकर्मीहरुका अनुसार कुकुुरले बेवारिसे अवस्थामा रहेका बेला यी शिशुलाई पूर्ण सुरक्षा प्रदान गरेको थियो ।

आगलागीबाट कुकुरले बचायो
१९३५ को एक रात अमेरिकाको क्यालिफोर्निया, सान माटियोस्थित एक घरमा तीन व्यक्ति सुतिरहेका थिए । अचानक, आगो सकिल्यो । यस इलाका वरपरका सामुदायिक कुकुरहरु जम्मा भएर चर्को–चर्को स्वरमा चिच्याउन थाले । त्यसपछि स्थानीयहरु पनि उठे, दमकल बोलाइयो र यो परिवारको उद्धार भयो ।

त्यो मायालु हाचिको
जापानमा हाचिकोलाई इमानदारीताको प्रतिक माानिन्छ । जापानी अकिता प्रजातीको यो कुकुुर १० नोभेम्बर १९२५ मा जन्मिएको थियो, यसलाई जापानी इम्पेरियल विश्वविद्यालयका प्राध्यापक हिदेसाबुुरो युुईनोले हुर्काएका थिए । यी मालिक र हाचिको एकअर्कालाई असाध्यै माया गर्थें ।

कलेजबाट हिदेसाबुरो फर्कनासाथ उनलाई लिन पुच्छर हल्लाउँदै हाचिको सिबुया रेलवे स्टेशन आइपुग्थ्यो । २१ मेइ १९२५ मा हिदेसाबुरोको ज्यान जानुुअघिसम्म यस्तै क्रम जारी रह्यो, कलेजमा पढाइरहेका बेला सेरेब्रल ह्याम्ब्रेजका कारण युुइनोको मृत्युु भएपछि हाचिको जीवन कस्टकर बन्यो ।

बाबुको मृत्युुपछि हिदेसाबुरोकी छोरीले हाचिकोलाई घरमा पाल्न खोजेकी थिइन्, तर हाचिकोले आफ्ना मालिक फर्कने आश मारेन । त्यसैले, ऊ घर छाडेर रेलवे स्टेशनमै आएर हिदेसाबुरोको प्रतिक्षा गर्न थाल्यो । आफ्ना मृतक मालिक फर्कने आशामा उसले यही रेलवे स्टेशनमा बाँकी १० वर्ष बितायो र ८ मार्च १९३५ मा मृत्युुवरण ग¥यो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment