Search

अब यूट्यूबमा सांगीतिक डमी अभियान

अब यूट्यूबमा सांगीतिक डमी अभियान

बाँपीझ्याला, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन महाशाखाले यूट्यूब भिडियो पनि निर्माण गरेको छ ।

उक्त भिडियोमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका वुढाथोकी, सामाजिक अभियान्ताहरू अभियान्ता योङजोम शेर्पा र राधा पोख्रेलले आवाज दिएका छन् भने सरोज वलीको ‘रातोमा वत्तीमा रोकिने’ बोलको गीत समेत समावेश गरिएको छ ।

उक्त भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम प्रसाद ढकालको परिकल्पना तथा स्लोगान शब्द गायक सरोज ओली र डीएसपी जयशङ्कर शर्माको रहेको छ ।

भिडियो मेट्रो ट्राफिक एफ.एम ९५.५ मेघाहर्जको यूट्यूब च्यानल https://youtu.be/RmfawCXBoqE मा हेर्न सकिन्छ ।

आम नागरिक, पैदलयात्री, चालकवर्ग लगायत आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाई सडक सभ्यता अभिवृद्धि गर्न उक्त भिडियो निर्माण गरिएको महाशाखाले जनाएको छ ।

त्यस्तै, महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियान प्रभावकारी बन्दै गएको छ ।अभियान शुरू भएको एक हप्तामै १२ हजार ५३१ जना सांगीतिक डमीको जनचेतनाबाट लाभान्वित भएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment