Search

अनलाइन समाचारमाथिको विश्वास र पारदर्शिता बढाउन बीबीसीले गरिरहेको अभ्यास

अनलाइन समाचारमाथिको विश्वास र पारदर्शिता बढाउन बीबीसीले गरिरहेको अभ्यास

२९ कात्तिक, बाँपीझ्याला, बीबीसी । नेपाल र संसाभर बीबीसीलाई श्रोता र पाठकहरूले विश्वसनीय समाचारको स्रोतको रूपमा चिन्छन्। हाम्रो रेडिओजस्तै हाम्रो वेबसाइट पनि सत्य, सही, निष्पक्ष र स्वतन्त्र पत्रकारिताका सामग्री प्रकाशन गर्छ।

हाम्रो सम्पादकीय मूल्य मान्यतामा उल्लेख छ: “हाम्रा सबै सामग्रीहरूमा हाम्रा दर्शकहरूले गर्ने विश्वासले हामीले के गरिरहेका छौँ भन्ने कुरालाई समेट्छ। हामी स्वतन्त्र, निष्पक्ष र इमान्दार छौँ। हामी सत्य र निष्पक्षताको उच्च मापदण्डहरू प्राप्त गर्न प्रतिबद्ध छौँ र पाठकहरूलाई भ्रमबाट जोगाउन हामी सधैँ प्रयास गर्दछौँ।”

“निष्पक्षताप्रति हाम्रो प्रतिबद्धता त्यो विश्वासको सम्बन्धको केन्द्रबिन्दु हो। हाम्रो सबै सामग्रीहरू हामी निष्पक्षताका साथ त्यसका प्रत्येक पक्षविपक्ष उजागर गर्ने गरी उत्पादन गछौँ। हामी उपलब्ध सबै तथ्यहरूलाई निष्पक्ष र खुला ह्रदयले समावेश गर्नेछौँ।”

हामीलाई थाहा छ इन्टरनेटमा विश्वसनीय पत्रकारिता पहिचान गर्नु गा‍र्हो कार्य हुन सक्छ। हामीलाई यो पनि थाहा छ कि पाठकहरू बीबीसीको पत्रकारिता कसरी हुन्छ भन्ने बारे बढी बुझ्न चाहन्छन्।

यी कारणहरूले गर्दा हाम्रो तपाइँले हाम्रो वेबसाइटमा कस्तो प्रकारको समाचारले पढिरहनु वा हेरिरहनु भएको छ, त्यसका लागि कहाँबाट कसले सूचना दियो, र कसरी त्यो समाचारको स्वरूप त्यस्तो बन्यो भन्ने बारे बताउन ठूलो प्रयास गरिरहेको छौँ। त्यसो गरेर हामी तपाईंलाई किन बीबीसीलाई विश्वसनीय मान्ने भन्ने निर्णय गर्न सहयोग गर्न सक्छौँ।

हामी विश्वासनीय पत्रकारिताका सूचकहरू मेसिनले पढ्नसक्ने पनि बनाउँदैछौँ , जसको गर्दा सर्च इन्जिन र सामाजिक सञ्जालहरूले विश्वसनीय स्रोतहरूको पहिचान गर्न मद्दत गर्छ।

सही अभ्यास
लामो समयदेखि बीबीसीसँग आफ्ना सबै सामग्रीमा लागु हुने आफ्नै सम्पादकीय निर्देशिका छ जसले हाम्रा पत्रकारहरूबाट कुन स्तरको पत्रकारिता अपेक्षा गर्ने भन्ने बताउँछ। हाम्रो समाचाकक्षमा त्यो निर्देशिका कसरी प्रयोग हुन्छ भनेर थाहा पाउन सजिलो होस् भनेर त्यसका प्रासंगिक अंशहरू यहाँ दिइएका छन्।

हाम्रो मिसन: निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु बीबीसीको उद्देश्य हो। यसबारे पूर्ण विवरण बीबीसी चार्टरमा छ।

स्वामित्व, सहयोग र अनुदान: हामी हाम्रो सम्पादकीय अखण्डतालाई बिगार्ने सम्भावना भएका बाहिरी चासो र व्यवस्थाबाट स्वतन्त्र छौँ। हाम्रो निर्णयहरू बाह्य चासो, राजनैतिक वा व्यावसायिक दबाब, वा कसैको व्यक्तिगत चाहनाले प्रभावित हुँदैनन् भन्ने कुरामा हाम्रा पाठकहरू विश्वस्त हुन सक्नुहुन्छ। बीबीसीको खर्च यूके र अन्त कसरी चल्छ भनेर जान्न स्वतन्त्रताको बारेमा बीबीसी चार्टरमा पढ्नुहोस्।

स्थापना मिति: बीबीसी सन् १९२२ को अक्टोबर १ मा स्थापना भएको थियो। बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जून ७ तारिखमा शुरू भएको हो। बीबीसीको इतिहास पढ्नुहोस्।

आचारसंहितासम्बन्धी नीति: बीबीसीको सम्पादकीय निर्देशिकाले हाम्रो सम्पादकीय मूल्य मान्यता र अभ्यासहरू कस्तो हुनुपर्छ भन्ने बताउँछ।

समावेशी नीति: बीबीसी चार्टरमा समावेशिताप्रति बीबीसीको प्रतिबद्धताको बारेमा जान्नुहोस्।

समावेशी कर्मचारी भर्ना प्रतिवेदन: बीबीसीको समानता सूचना प्रतिवेदनमा बीबीसीले कसरी विविधता बढाउन काम गरिरहेको छ भन्ने बारे जानकारी छ।

भूलसुधार: बीबीसी तथ्यप्रति प्रतिबद्ध छ। भूलसुधारसम्बन्धी नीतिहरू हाम्रो सम्पादकीय निर्देशिकाका निम्न खण्डहरूमा छन्।

हाम्रो सामग्रीहरू विश्वसनीय स्रोतबाट प्राप्त गरिएको, प्रमाणमा आधारित, राम्ररी परीक्षण गरिएको र स्पष्ट एवम् सटीक भाषामा प्रस्तुत गरिएको हुनुपर्छ। हामी इमानदार हुनुपर्छ र हामीलाई थाहा नभएको कुरामा खुला र अप्रमाणित अनुमानबाट टाढा हुनुपर्छ। दाबी, आरोप, तथ्य र प्रमाणित गर्न नसकिएका अन्य कुराहरूमा कसले भनेको हो नाम दिनुपर्छ।

हामी भूलसुधार गर्न तत्पर छौँ र गल्तीहरूबाट सिक्न इच्छुक रहने संस्कृतिलाई प्रोत्साहित गर्छौँ।

यदि कुनै सामग्री प्रकाशनपछि भूलसुधार गर्न सम्पादन गरिएमा सामग्रीको अन्तिममा पाठकहरूलाई परिवर्तनका बारेमा गरिएको जानकारी दिन मितिसहितको टिप्पणी राख्नेछौँ। सम्पादकीय अर्थ परिवर्तन नगर्ने मुद्राराक्षस सच्याउँदा भने त्यस्तो टिप्पणी राखिने छैन।

कुनै विशेष सामग्री सीमित समय अवधिको लागि मात्र उपलब्ध गराइएको अवस्थामा बाहेक अन्य अवस्थामा अनलाइनमा प्रकाशन भएको सामग्री स्थायी रूपमा उपलब्ध हुन्छ भन्ने हाम्रो अवधारणा छ र ती सामग्रीहरू सामान्यतया हटाइने छैन। कुनै सामग्री हटाउनै पर्ने असाधारण परिस्थितिहरूमा कानुनी कारण, व्यक्तिगत सुरक्षा जोखिम, वा भूलसुधार गरेर नहुने खालका सम्पादकीय मापदण्डहरूको गम्भीर उल्लङ्घन हुन सक्नेछ।

तथ्य जाँच मानक: बीबीसीले कुनैपनि सूचना तथ्य छ कि छैन भनेर जाँच्ने नीति सम्पादकीय निर्देशिकामा उल्लेख छ।

स्रोतहरू: नाम उल्लेख गर्न नमिल्ने स्रोतको प्रयोग सम्बन्धमा बीबीसीको नीति सम्पादकीय निर्देशिकामा उल्लेख छ।।

गुनासो प्रक्रिया: बीबीसी गुनासो प्रक्रिया बीबीसी कम्प्लेन्ट्स फ्रेमवर्कमा उल्लेख छ।

नेतृत्व: बीबीसीको समाचार विभाग चलाउने वरिष्ठ कार्यकारी टोलीलाई भेट्नुहोस्: बीबीसी न्यूज बोर्ड। बीबीसी न्यूज नेपालीमा कार्यरत पत्रकार र कर्मचारी यो सामग्रीको अन्तिममा हेर्न सकिन्छ।

पत्रकार विज्ञता
रिपोर्टिंगमा आधारित बीबीसी समाचारहरूमा पत्रकारको नाम हुन्छ र धेरैजसो अवस्थामा विषयमा विज्ञता भएका पत्रकारहरूले लेखेका लेखहरूमा पनि नाम हुन्छ।

समाचार संस्था, बीबीसी समाचार सङ्कलन वा बीबीसी रेडिओ वा टीभी जस्ता विभिन्न स्रोतमा आधारित सामान्य समाचारहरू वा धेरै पत्रकारले काम गरेका समाचारमा पत्रकारको नाम हुँदैन।

कामको प्रकार
बीबीसी न्यूजले तथ्यगतर समाचार र र विचारलाई छुट्याउँछ। हामी छ प्रकारका सामग्रीहरू प्रकाशन गर्छौँ:

समाचार – पत्रकारले खोजेका र पुष्टि गरेका वा विषयमा दख्खल राख्ने स्रोतले भनेर र पुष्टि गरेका तथ्यमा आधारित पत्रकारिता
विश्लेषण – बीबीसीका पत्रकार वा बाहिरका विज्ञ लेखकको विज्ञता रहेको विषयमा पाठकलाई जटिल वर्तमान अवस्था, विषय र प्रवृत्ति बुझ्न मद्दत गर्ने सामग्रीहरू
श्रोतालाई प्रश्न – प्रत्यक्ष रूपमा दर्शकहरूको प्रतिक्रियाका आधारमा सिर्जना गरिएको सामग्री
एक्सप्लेनर – कुनै पनि समाचार वा विषय वा घटनाको विषयमा कारण वा प्रसंगको स्पष्ट र तथ्यगत विवरण प्रदान गर्ने सामग्री
विचार – बीबीसी समाचारहरूमा निष्पक्ष रहन्छ र विचारहरू प्रस्तुत गर्दैन तर हामी कहिलेकाँही बाहिरी विज्ञहरूले लेखेका विचार, सोचको वकालत, र तथ्य एवम् तथ्याङ्कको लेखकको निष्कर्ष प्रकाशन गर्छौँ
समीक्षा – कुनै घटना वा कला वा कृतिमा लेखकको आलोचनात्मक विचार सहितको सामग्री
उद्धरण र सन्दर्भहरू
हाम्रो सामग्रीहरू विश्वसनीय स्रोतबाट प्राप्त गरिएको, प्रमाणमा आधारित, राम्ररी परीक्षण गरिएको र स्पष्ट एवम् सटीक भाषामा प्रस्तुत गरिएको हुनुपर्छ। हामी इमानदार हुनुपर्छ र हामीलाई थाहा नभएको कुरामा खुला र अप्रमाणित अनुमानबाट टाढा हुनुपर्छ।

बीबीसीले एकल स्रोतमा निर्भर सामग्रीमा उक्त स्रोतको नाम दिनेछौँ। पाठकहरूलाई हामीले प्रयोग गरेका स्रोतहरूलाई आफैं जाँच्न सहयोग गर्न हामी सामान्य रूपमा आधिकारिक प्रतिवेदनहरू, तथ्याङ्कहरू र सूचनाका अन्य स्रोतहरूसँग सम्भव भएसम्म लिङ्क गर्छौँ।

उपयुक्त भएको अवस्थामा थप जानकारी, सामग्री वा टिप्पणीका लागि हामी तेस्रो पक्षको वेबसाइटहरू पनि लिङ्क गर्छौँ।

विधि
हाम्रा जटील अनुसन्धानमूलक सामग्री वा तथ्याङ्क पत्रकारिताका परियोजनाहरूमा हामीले कसरी काम गर्यौँ भन्ने जानकारी दिन हामी प्रयोग गरिएका तथ्याङ्कहरूका साथसाथै त्यसमा प्रयोग गरिएका अनुमानहरू र अन्य विधिगत पद्धतिहरू पनि प्रकाशन गर्छौँ। उदाहरणका लागि हामी अध्ययनको विधि, नमूनाको आकार; प्रतिनिधित्व; त्रुटि हुनसक्ने अवस्था; तथ्याङ्क सङ्कलन विधि; भौगोलिक प्रासङ्गिकता र समयावधि।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!