सविना मानन्धर
बाँपीझ्याला, जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले तेस्रो चरणको तयारी शुरु गरेको छ । कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए गरेको कामकाजको समीक्षा र अगामी रणनीति बारे छलफल गर्न आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थान समिति (पिसिसिएमसी) को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको तैयारीमा पुगी सकेको निष्कर्ष निकालेको छ ।
महामारी विरुद्धको तेस्रो चरणको तैयारी स्वरुप पचास हजार भिटिएम र रिएजेन्ट खरिद गरि सकेको, पिसिआर ल्याव संचालन गर्न बाँकी रहेको चार जिल्लामा यसै साता देखी ल्याव संचालनमा ल्याउन सम्पूर्ण तयारी पुरा भै सकेको समाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवले जानकारी गराउनु भएको छ ।