२७ कार्तिक, बाँपीझ्याला, काठमाडौं । सुरु भयो तिहारकाे झिलिमिली । तिहारको आगमनसँगै उपत्यका झिलिमिली बनेको छ । अघिल्ला वर्षहरुमा जस्तो नभए पनि काठमाडौं, भक्तपुर, ललितपुरका बजार क्षेत्रमा झिलिमिली देखिएको हो ।
उसो त यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् । बजारमा विगतजस्तो तामझाम नदेखिए पनि अलिअलि झिलिमिली भने बनाइएको छ ।

तिहार भन्नेबित्तिकै सम्झना आउने भनेको झिलिमिलीको हो । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि यसका विशेषता हुन् ।
तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यसपटक कोरोना कहरले सर्वसाधारणमा पनि पहिलेका वर्षहरुमा झैं उत्साह भने देखिँदैन ।
माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली हुनेगरेकामा अहिले भने विद्युतीय बत्तीमा आकर्षण बढेको छ ।

देशमा लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिस आकर्षित भएका हुन् ।