Search

अभिनेता आसिफको निधन

अभिनेता आसिफको निधन

२७ कार्तिक, बाँपीझ्याला, नयाँदिल्ली। अभिनेता आसिफ बश्रा हिमाञ्चल प्रदेशको धरमशालास्थित आफ्नै निवासमा बिहीबार मृत भेटिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ५३ वर्षीय आसिफले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । एसएसपी कंग्रा विमुक्त रन्जनले प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएका छन् ।

आसिफको निधनमा धेरै फिल्मकर्मीले दुख व्यक्त गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका छन् । फिल्म मेकर हन्सल मेहताले लेखेका छन्, ‘यो सत्य हुन सक्दैन…यो धेरै धेरै दुखद् हो ।’ आसिफ पछिल्लो ५ वर्षयता म्याकलियोदगञ्जस्थित भाडाको घरमा बस्दैआएका थिए । आसिफले सिरिज पाताल लोक, फिल्म ‘वान्स अपन अ टाइम इन मुम्बइ’, ‘काइ पो चे’, ‘क्रिस ३’ लगायत फिल्ममा काम गरिसकेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!