अजय प्रधान, दोलखा
बाँपीझ्याला, दोलखा । कोविड १९ को संक्रमणबाट बचाउन दोलखा जिल्लाको कुनै पनी स्थानमा भेला भई यसपालीको तिहारमा भैलो खेल्न निषेध गरिएको छ । उक्त व्यहोरा सहित जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारीले २०७७ कार्तिक २६ गते सर्वसाधारण जनताको जानकारीको लागि सूचना जारी गर्नु भएको छ ।
साथै जिल्ला भित्र तास जुवा खेल्न र पट्का पड्काउन जस्ता गैरकानूनी क्रियाकलाप समेत नगर्न नगराउन समेत अनुरोध गरिएको छ ।
