Search

घाइते रोनाल्डोको कप्तानीमा पोर्चुगिज टोली घोषणा

घाइते रोनाल्डोको कप्तानीमा पोर्चुगिज टोली घोषणा

२६ कार्तिक, बाँपीझ्याला, एजेन्सी । एक मैत्रीपुर्ण र दुई नेसन्स लिगको लागि इटालियन क्लब युभेन्ट्स तथा पोर्चुगिज टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगिज टोलीको घोषणा भएको छ ।

चोटका कारण टोलीमा रहने वा नरहने अन्योलकाबीच प्रशिक्षक सान्तोषले कप्तान रोनाल्डोलाई टोलीमा समेटेका हुन् । सिरी ‘ए’ मा शनिबार राति लाजियोसँग १–१ गोलको बराबरी भएको खेलमा रोनाल्डोले चोट बोक्दै ७५औं मिनेटमा मैदान छाडेका थिए । रोनाल्डोले खेल छाड्दा १-० ले अघि रहेको युभेन्टस अन्तिम समयमा गोल खान पुगेको थियो ।

रोनाल्डोको बाँया खुट्टाको गोलीगाठो र जोर्नीमा समस्या देखिएको थियो । तर, उनको चोट गम्भीर नरहेको र खेल्न सक्ने बताएपछि उनी टोलीमा समेटिएको हो ।

टोलीमा समावेश भएपनि उनले खेल्न सक्ने वा नसक्ने स्पष्ट पारिएको छैन । रोनाल्डोको चोटको विषयमा राष्ट्रिय टोलीकै मेडिकल टोलीले विस्तृतमा परिक्षण गरेपछि मात्रै खेल् सक्ने वा नसक्ने टुंगो लाग्नेछ ।

३५ वर्षीय रोनाल्डोले मैत्रीपुर्ण खेल गुमाएपनि नेसन्स लिगाका दुई खेल खेल्न सक्ने सम्भावना रहेको छ । पोर्चुगलले बिहीबार एन्डोरासँग मैत्रीपुर्ण खेल्दैछ । त्यसपछि नेसन्स लिगमा १४ नोभेम्वरमा घरेलु मैदानमा फ्रान्ससँग तथा त्यसको तीन दिनपछि क्रोएसियासँग

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!