Search

लगानी बोर्डले गर्यो ३९ अर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत, तीन जलविद्युत् आयोजनामा लगानी हुने

लगानी बोर्डले गर्यो ३९ अर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत, तीन जलविद्युत् आयोजनामा लगानी हुने

बाँपीझ्याला, काठमाण्डौं । लगानी बोर्डको ४५ औँ बैठकले झण्डै ३९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको बैंठकले सो बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

बोर्डले तीनवटा जलविद्युत आयोजनाका लागि सो लगानी स्वीकृत गरेको हो । ७७ दशमलव ५ मेगावाटको घुन्साखोला जलविद्युत् आयोजनाको लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजनाको लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

बैठकले बोर्डको कार्यालयको क्षमता वृद्धि, एकल विन्दु सेवा केन्द्र प्रभावकारी बनाउने लगायतका विषयमा निर्णय पनि गरेको छ । बोर्डको बैठक हरेक दुई महिनामा बस्नुपर्ने भए पनि गएको असारयता बस्न सकेको थिएन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!