Search

खरको छानोमुक्त नगर बन्दै सुनवल

खरको छानोमुक्त नगर बन्दै सुनवल

२५ कात्तिक, बाँपीझ्याला, नवलपरासी पश्चिम । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले खरको छानामुक्त अभियानलाई तीव्र बनाएको छ ।

कार्यक्रमअन्तर्गत नगरपालिकाले नगर क्षेत्रका सबै खरका छानाका घरमा जस्तापाता लगाउन सुरु गरेको हो । नगर क्षेत्रमा कुल ३ सय ८४ गरिब तथा अतिविपन्नले खरको छाना हटाएर जस्तापाता छाउन निवेदन दिएका छन् । यसअन्तर्गत हालसम्म १ सय ६५ घरमा जस्तापाताले रंगिएका छन् ।

खर हटाएर जस्तापाता लगाएपछि स्थानीय विपन्न समुदाय खुसी भएका छन् । सबै घर बनाउन अहिलेसम्म १ करोड १० लाख खर्च भएको नगरपालिकाले जनाएको छ । यो वर्ष बाँकी रहेका २ सय १९ घर निर्माण भई नगरलाई खरको छानामुक्त बनाइने नगर प्रमुख थापाले बताए ।

आव ०७५/७६ बाट पालिका आफैंले प्रतिघर ७५ हजार लगानी गरेर यो अभियान सुरु गरेको नगरपालिका प्रमुख भीमबहादुर थापाले बताए । ‘यस वर्षदेखि सरकारले देशभर खरको छानामुक्त अभियान सुरु गरेको छ । हामीले पनि यो अभियानलाई अगाडि बढाएका छौं । अहिले लागत सहभागितासहित प्रतिघर ९० हजार लागत पुगेको छ’ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!