Search

चार पोर्न स्टारले नेशनल पार्कमा सुट गरे भिडियो, हुनेछ कारवाही

चार पोर्न स्टारले नेशनल पार्कमा सुट गरे भिडियो, हुनेछ कारवाही

बाँपीझ्याला, मेक्सिकोका केही एडल्ड एक्टर्सले एक नेशनल पार्कमा रहेको ग्रिजाल्वा नदी नजिकै केही तस्बिर र भिडियो बनाएका छन्, तत्पश्चात् यी सबै स्टार्स निकै चर्चामा आएका छन् । एडल्ट एक्टर एलेक्स मेरिनले तीन अन्य पोर्न स्टार मिया मरिन, जिजेल मोटेन्स र यामीलेश रामिरेजसँग मिलेर गत हप्ता केही तस्बिर र भिडियोको यो नदीको लोकेशन राखेर सेयर गरेका छन् ।

एलेक्स मेरिनले सोसल मिडियामा आफ्ना तस्बिर र भिडियोको विषयमा कुराकानी गरेकी छिन् र आफ्ना फलोअर्ससँग सानो क्लिप पनि सेयर गरेकी छिन् जसमा यी सबै कलाकार सुमिदेरो घाटी नजिकै देखिए । एलेक्सको यो ट्वीट प्रशंसकबीच निकै भाइरल भइरहेको छ । यद्यपि, एलेक्सले यो विवादित ट्वीट पछि डिलिट गरेकी छिन् ।

एलेक्सको ट्वीटमा लेखिएको थियो, ‘के चलिरहेको छ साथी, हामी क्यानयान जाँदै छौं केही यस्ता हट तस्बिर लिनका लागि जुन कसैले पनि अहिलेसम्म लिएका छैनन् होला । सुमिदेरोको ग्रान्ड क्यानयोनमा मोडल र नायिकाले यस्तो प्रकारको तस्बिर र भिडियो खिचेको पहिलो पटक हुनेछ ।’

यद्यपि, एलेक्सले पछि यो ट्वीटलाई केही समय पछि आफ्नो प्रोफाइलबाट हटाएकी थिइन् ।

यी पोर्न स्टारको व्यवहारले मेक्सिकोको सरकारी एजेन्सी निकै रुष्ट छ । नेशनल कमिशन अफ प्रोटेक्टेड नेचुरल एरिया नाम भएको यो एजेन्सीले मेक्सिकोको संरक्षित क्षेत्रको रेखदेख गर्छ । यो एजेन्सीले यी पोर्न स्टारको व्यवहारको कडा आलोचना गरेको छ ।

एजेन्सीले भनेको छ, ‘यौनजन्य सामग्रीले भरिएको फिल्मले यो आइकोनिक लोकेशनको इमेजमा क्षती पुर्याएको त छ नै यसले सामाजिक पतन पनि देखाउँछ । ’

रिपोर्टका अनुसार यी पोर्न स्टारलाई यसका लागि कारवाही पनि गर्न सकिनेछ । यद्यपि, एक अधिकारीले भने यो विवादका कारण यो पार्क पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने र कोरोनाका कारण यो क्षेत्रको पर्यटनमा भएको हानीको भरपाई हुन सक्ने बताएका छन् ।

यस्तै सेन्ट्रल चियेपास होटल असोसिएशनका अध्यक्षले स्थानीय मिडियासँगको कुराकानीमा यसलाई सकारात्मक तरिकाले हेर्ने हो भने यो एक तरिकाले यो सुन्दर स्थानको प्रामोशन नै हो । यी कलाकार यहाँ यसकारण आएका थिए किनभने यो निकै सुरक्षित स्थान हो र उनीहरुले यो लोकेशनलाई प्राकृतिक सुन्दरताका कारण छानेका होलान् ।’

स्मरण रहोस् सुमिदेरो घाटी मेक्सिकोको एक चर्चित पर्यटन केन्द्रको रुपमा लोकप्रिय छ र यहाँ जनावरका दुर्लभ प्रजाति पनि पाइन्छन् । यहाँ रेनफरेस्ट र ग्रासल्याण्ड पनि देख्न सकिन्छ ।

स्मरण रहोस्, जिजेल, एलेक्स मरिन र मिया मरिनको सोसल मिडियामा धेरै नै फलोअर्स छन् र उनीहरु इन्स्टाग्राममा आफ्ना तस्बिर र भिडियो सेयर गरिरहन्छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!