Search

पेनाल्टी चुक्दा लिभरपुलसँग बराबरीम रोकियो म्यानचेस्टर सिटी

पेनाल्टी चुक्दा लिभरपुलसँग बराबरीम रोकियो म्यानचेस्टर सिटी

२४ कार्तिक, बाँपीझ्याला, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग (इपीएल) अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी र लिभरपुल बराबरीमा रोकिएका छन्। सिटीको मैदानमा गएराति भएको खेलमा लिभरपुल घरेलु टोलीसँग १/१ को बराबरीमा रोकिएको हो।

खेलमा लिभरपुलले १३ औं मिनेटमा अग्रता बनाएको थियो। सिटीका केल वाल्करले लिभरपुलका साडियो मानेलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै मोहम्मद सलाहले अग्रता दिलाएका थिए। तर लिभरपुलको अग्रता लामो समय भने टिकेन।

खेलको ३१ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गाब्रियल जिजसले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ४२ औं मिनेटमा सिटीले गोल गर्ने स्वर्ण मौका गुमाएको थियो। लिभरपुलका जोए गोमेजको हेण्डबल भएको भीएआरले ठहर गरेपछि पाएको पेनाल्टीमा डी ब्रुइन चुकेका थिए।

दोस्रो हाफमा दुबैतर्फबाट गोल हुन सकेन र खेल १-१ बराबरीमा टुंगियो।

बराबरीमा रोकिएसँगै लिभरपुलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ। ८ खेल खेलेको लिभरपुलको १७ अंक छ भने ७ खेल खेलेको सिटीको १२ अंक छ।

लिभरपुल र सिटी क्रमश तेस्रो र दशौै स्थानमा छन्।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment