Search

फाइनलमा पुग्न दिल्ली र हैदराबाद भिड्दै

फाइनलमा पुग्न दिल्ली र हैदराबाद भिड्दै

२३ कार्तिक, बाँपीझ्याला, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ ।

Order Now: 98510-87891
Order Now: 98510-87891

दिल्ली पहिलो पटक र हैदराबाद तेस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छन् । हैदराबादले उत्कृष्ट लय समाउँदा दिल्लीले संघर्ष गरिरहेको छ ।

पहिलो क्वालिफायरमा दिल्ली मुम्बई इन्डियन्ससँग पराजित हुन पुगेको थियो । हैदराबादले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै दिल्लीसँग भेट पक्का गरेको हो ।

हैदराबाद पछिल्ला चार खेलमा अपराजित छ । दिल्ली पछिल्ला ६ खेलमा पाँचमा हारको सामना गर्नु परेको छ । आजको विजेताले आइपिएलको फाइनलमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । दिल्ली हालसम्म आइपिएलको फाइनलमा पुग्न सकेको छैन ।

दिल्ली हैदराबादविरुद्ध जित निकाल्दै उक्त फाइनलको खडेरी तोड्न चाहन्छ । हैदराबाद सन् २०१६ को विजेता हैदराबाद र २०१८ को फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

दिल्ली मुम्बईसँग ५७ रनले पराजित हुँदै सोझै फाइनलमा पुग्ने अवसर गुमाएको थियो । दिल्लीलाई फाइनलमा पुग्ने यो अन्तिम अवसर हो । मुम्बईविरुद्ध अजिंक्या रहाणे, शिखर धवन र पृथ्वी शा शून्यमा आउट भएका थिए । लगातार खराब प्रर्दशन गर्दै आएका शालाई आजको खेलमा बेन्चमा राख्ने सम्भावना छ ।

शालाई बेन्चमा राखेर एक तीव्र गतिका बलर थप्ने सम्भावना देखिन्छ । शाले पछिल्ला ८ खेलमा ४९ रन मात्रै बनाएका छन् । जसमा हर्षल पटेलको सम्भावना देखिन्छ । आजको खेलमा मार्कस स्टोइनिस र शिखर धवनले ओपनिङ गर्ने सम्भावना छ ।

स्टोइनिसले लगातार उच्च प्रर्दशन गर्दै आएका छन् । अजिंक्या रहाणे, कप्तान श्रेयस ऐर र ऋषभ पन्तलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । संघर्ष गरि रहेका पन्तलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

आज टोलीमा शिम्रन हेटमायर खेल्ने सम्भावना देखिन्छ । हेटमायर फर्किदा ब्याटिङ युनिट बलियो बन्ने छ । मुम्बईविरुद्ध ४ ओभरमा ४४ रन खर्चेका ड्यानियल साम्सको स्थानमा हेटमायरलाई मौका दिन सक्ने सम्भावना छ ।

मुम्बईविरुद्ध ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिएका रविचन्द्रन आश्विनको लय दिल्लीलाई सकरात्मक पक्ष हो ।

अक्षर पटेलले मुम्बईविरुद्ध ४२ रनको योगदान दिएका थिए । अक्षरबाट दिल्ली बलमा पनि त्यस्तै उत्कृष्ट प्रर्दशन चाहन्छ । कागिसो रबाडा पछिल्लो खेलमा विकेट बिहिन बनेका थिए । जारी सिजनमा २५ विकेट लिई सकेका रबाडालाई आजको खेलमा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

दिल्ली एनरिच नोर्कियाबाट नयाँ बलमा उत्कृष्ट सुरुवात चाहन्छ । ड्यानियल साम्सको स्थानमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको पनि सम्भावना देखिन्छ ।

हैदराबादले पछिल्लो खेलमा बेंगलोरलाई एलिमिनेटरमा ६ विकेटले हराएको थियो । उक्तक्रममा केन विलियम्सन ५० र जेसन होल्डर २४ रनमा अविजित रहँदै जित पक्का गरेका थिए । कप्तान डेभिड वार्नर हैदराबादका प्रमुख हतियार हुन् । उनको उच्च प्रर्दशन बिना हैदराबादलाई जित कठिन पर्ने देखिन्छ ।

बेंगलोरविरुद्ध अर्का ओपनर ऋद्धिमान शाह घाइते हुन पुगेका थिए । उत्कृष्ट लयमा रहेका शा टोलीमा फर्किए हैदराबाद थप मजबुत बन्ने छ । केन विलियम्सनसँगै मनिष पान्डेलाई मध्यक्रममा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । तल्लोक्रममा अब्दुल सामद र होल्डरबाट हैदराबाद उत्कृष्ट प्रर्दशन चाहन्छ ।

कमजोर तल्लोक्रम ब्याटिङ हैदराबादको कमजोरी हो । तीव्र गतिका बलरमा सन्दीप शर्मा र टिनटराजन पहिलो रोजाईमा खेल्ने छन् । जारी सिजनमा यी दुबै बलरले उच्च प्रर्दशन गर्दै आएका छन् । स्पिनरमा राशिद खान र शहबाज नदीमलाई खेलाउने छ ।

हैदराबादमा शाह फिट नभएको अवस्थामा टोली परिवर्तनको सम्भावना कम छ । राशिद खान दिल्लीमाथि हाबी हुँदै आएका छन् । उनले दिल्लीविरुद्ध पछिल्ला पाँच खेलमा १० विकेट लिएका छन् । दिल्लीका ब्याट्सम्यान राशिद देखि सजग हुन आवश्यक देखिन्छ ।

यसअघि लिग चरणको दुबै खेलमा दिल्ली हैदराबादसँग पराजित भएको छ । हैदराबाद पहिलो खेलमा १५ रन र दोस्रो खेलमा ८८ रनले विजयी भएको थियो । त्यस्तै आबूधाबीमा टस पनि निर्णाय बन्न सक्छ । पछिल्ला ९ खेलमा पहिला ब्याटिङ गर्ने टोली ८ खेलमा पराजित भएको छ ।

आइपिएलमा यी दुई टोलीबीच हालसम्म १७ खेल भएको छ । जसमा हैदराबाद ११ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!