Search

पूर्वसांसद वीरबहादुर लामाको पाटन अस्पतालमा निधन

पूर्वसांसद वीरबहादुर लामाको पाटन अस्पतालमा निधन

बाँपीझ्याला, काठमाडौँ । आइतबार बिहान पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालको उपचारको क्रममा लामाको बिहान ४ बजे निधन भएको हो ।

दुवै मिर्गौलाले काम गर्न छोडेको लामालाई एक्कासी निमोनिया भएपछि गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि तत्कालिन नेकपा एमालेबाट राजनीतिमा सक्रिय रहेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

लामा त्यसअघि २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति भएका थिए । मकवानपुरको फाखेल निवासी लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा भने पराजित भएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!