बाँपीझ्याला, एजेन्सी । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । यद्यपि, औपचारिक नतिजा आइसकेको छैन ।
पेन्सिलभेनियामा विजयी हुनुको अर्थ बाइडेनको पक्षमा कम्तिमा २ सय ७३ इलेक्टोरल मत आउनु हो । राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत भए पुुग्छ । पछिल्लो परिणामअनुसार नेभादा, जर्जिया, एरिजोनामा पनि बाइडेनकै अग्रता छ ।