Search

दोलखा जिल्लाका शक्तिपिठहरुको दर्शनको लागि नआउन स्थानिय प्रशासनको आग्रह

दोलखा जिल्लाका शक्तिपिठहरुको दर्शनको लागि नआउन स्थानिय प्रशासनको आग्रह

अजय प्रधान, दोलखा
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला स्थानीय प्रशासनले दोलखाका प्रसिद्ध शक्तिपिठहरुको भ्रमण नगर्न आग्रह गरेको छ । जिल्ला स्थित मठमन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरिएपनि भक्तजनहरु आउने जाने क्रम नरोकिएपछि स्थानीय प्रशासनले यसरी फेरी आग्रह गरेको हो ।
विशेषगरी जिल्लाको प्रसिद्ध कालिञ्चोक भगवतीको दर्शन र त्यस क्षेत्रको भ्रमण गर्ने क्रम रोकिएको छैन । जिल्ला संकट व्यवस्थापन केन्द्रको तर्फबाट शनिवार जारी गरिएको सार्वजनिक सूचनामा मन्दिर क्षेत्र सिल गरिएकाले भ्रमण नगर्न भनिएको छ । सूचना अनुसार कुरीबजार स्थित प्रहरी चौकी भन्दा माथि, घ्यांगडाँडा टुटुवानको तेर्सो बाटो भन्दा माथि नपाउने गरी पुर्ण रोक लगाईएको जानकारी प्राप्त भएको छ ।


दोलखा जिल्ला बाहिरबाट आउने पर्यटकहरुका लागि विभिन्न स्थानमा सूचना बोर्डसहित सूचित गरिएकाले त्यसको अवज्ञा गरे नियमानुसार कारबाही गर्ने चेतावनी स्थानिय प्रशासनले दिएको छ ।
दोलखा जिल्ला संकट व्यवस्थापन केन्द्रले यसअघि नै कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मठ–मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य पूजा दर्शन लगायतका कार्यमा पुर्ण रोक लगाएको छ । यस कार्यमा सम्पूर्ण भक्तजनको सहयोग, सद्भावले संक्रमण हुनबाट बच्न सकिने व्यहोरा सहित स्थानिय प्रशासन विश्वस्त रहेको समेत उल्लेख गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!