Search

टेलिकमको हेप्पी लर्निङ प्याकेज किन्नेको संख्या बढ्यो

टेलिकमको हेप्पी लर्निङ प्याकेज किन्नेको संख्या बढ्यो

२२ कार्तिक, बाँपीझ्याला, काठमाडौं । लामो समयको लकडाउनपछि सबैभन्दा धेरै असर शिक्षा क्षेत्र परेसँगै बैकल्पिक शिक्षा कसरी संचालन गर्ने भनेर बहस सुरुभयो । बैकल्पिक शिक्षाका लागि नेपाल टेलिकमले ह्याप्पी लर्निङ्ग प्याक सुरुवात गर्याे । सुरुमा निक्कै झन्झटिलो र सिफारिसको आधारमा मात्रै यो ह्याप्पी लर्निङ्ग प्याक सुरु भएसँगै त्यो लोकप्रिय बन्न सकेन ।

लकडाउनको समयमा घरबाटै विद्यार्थीहरुलाई अध्ययन अध्यापनलाई निरन्तरता दिन सुरु भएको नेपाल टेलिकमको लर्निङ्ग प्याकको सेवा यतीबेला भने लोकप्रिय बनेको छ । सुरुमा निक्कै झन्झटिलो प्रक्रियाबाट लर्निङ्ग प्याक लिन पाउने भए पनि अहिले सबै नेपाल टेलिकमको सिमकार्डबाट यो सेवा सहजै लिन पाउने भएसँगै लर्निङ्ग प्याक लोकप्रिय बनेको हो ।

नेपाल टेलिकममा सहप्रवक्ता रंजित लोहिया यो प्याकमा हजारौ प्रयोगकर्ता जोडिएको बताउनुहुन्छ । अहिले दैनिक रुपमा एक हजारभन्दा धेरै प्रयोगकर्ताहरु जोडिनु भएको उहाँले बताउनुभयो ।
लकडाउन यतामात्रै नेपाल टेलिकमबाट हजारौ विद्यार्थी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले सेवा लिइ लिइसक्नु भएको छ । पछिल्लो समय जुम मिटिङ लगायतका कार्यहरु गर्ने संस्थाहरुले समेत यसमा चासो दिन थालेको उहाँले बताउनुभयो । ‘अहिले धेरै संघ संस्थाहरुले समेत मिटिङ लगायतको काम गर्न यो सेवा सुरु गर्नुभएको छ’ सहप्रवक्ताले भन्नुभयो ।

नेपाल टेलिकमले सुरुमा विद्यार्थी तथा शिक्षकको लागि ल्याएको ह्याप्पी लर्निङ्ग प्याक असोज २९ बाट सबैमा खुल्ला गरेको छ । यो प्याक लिन केही समय प्रवेशपत्र वा विद्यालयको सिफारिस आवश्यक परेपनि असोज २९ बाट नेपाल टेलिकमका सिमकार्ड प्रयोगकर्तालाई सबैलाई दिने सुविधा दिएसँगै यो प्याकको सुविधा लिनेको संख्या हजारौ पुगेको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन योजना सुरु गरेको थियो । मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले टेलिकमले उपलब्ध गराइरहेको न्यूनतम मुल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रुपले प्रयोग गरेका थिए । अहिले यो प्याकबाट ग्रामीण क्षेत्रमा बस्ने विद्यार्थीहरुलाई सहज भएको नेपाल टेलिकमले जनाएको छ ।

देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउने योजना सहित भदौबाट कार्यान्वयन भएको थियो ।
निकै सस्तो मूल्यमा उपलब्ध हुने यो प्याकेजप्रति आकर्षण बढेसँगै यसको प्रयोगकर्ताहरु समेत बढेको सहप्रवक्ता रंजितले जानकारी दिनुभयो । यो योजनामा ३१५ रुपियाँमा २४ जीबी र ५०० रुपियाँमा ३५ जीबी डेटा उपलब्ध हुनेछ ।

२४ जीबी डेटामध्ये २० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गूगल मीटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा प्रयोग गर्न सकिने सहप्रवक्ता रंजितले जानकारी दिनुभयो ।

३५ जीबीको अर्को प्याकेजमा ३० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गूगल मीटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । यो प्याक लिनको लागि नेपाल टेलिकमको प्रयोगकर्ताले *1440# मा डायल गरेर लिन सकिने छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!