Search

समर्थकहरुलाई बाइडेनको सम्बोधन–हामी राम्रो मतसहित जित्दैछौं

समर्थकहरुलाई बाइडेनको सम्बोधन–हामी राम्रो मतसहित जित्दैछौं

बाँपीझ्याला, अधिकांश ब्याटलग्राउन्ट स्टेटहरुमा अग्रता लिएका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले जनताले आफूलाई म्यान्डेट दिएको दाबी गरेका छन् । यद्यपी, उनले विजय भने घोषणा गरिसकेका छैनन् ।
‘अहिलेसम्म अन्तिम घोषणा भइसकेको छैन । तर, भोट संख्याले स्पष्ट कुरा बताउँछ । हामी यो दौड जित्दैछौं,’ डेलावेरस्थित आफ्नो गृहनगर विल्मिङटनबाट समर्थकहरुलाई सम्बोधन गर्दै बाइडेनले भने । उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई सँगै राखेर समर्थकहरुलाई सम्बोधन गरेका पूर्व उपराष्ट्रपति बाइडेनले ‘जनताले ठूलो स्वरमा बोलेकाले’ किर्तिमानी ७ करोड ४० लाख भोट डेमोक्रेटिकका पक्षमा आएको बताए ।

बाइडेनले सबै वर्ग, आस्था र धर्मका बहुसंख्यक अमेरिकीहरुले परिवर्तन रोजेको बताए । कोभिड–१९, अर्थतन्त्र, जलवायु परिवर्तन, रंगभेद आदी मुद्दामा कदम चाल्नका लागि उनीहरुले म्यान्डेट दिएको बाइडेनले बताए ।
ब्याटलग्राउन्ड स्टेट भनिएका पाँच निर्णायक राज्यको मतगणना बाँकी छँदा चार राज्यमा बाइडेन अघि छन् । उनले एरिजोना, पेन्सिलभेनिया, जर्जिया र नेभादामा अग्रता लिएका छन् । यीमध्ये दुुई राज्यमात्रै जित्नसके बाइडेनको जित पक्का हुनेछ ।

यदि, पेन्सिलभेनियामा विजयी भएमा अन्य राज्य हारेपनि उनी राष्ट्रपति निर्वाचित हुनेछन् । राष्ट्रपति बन्नका लागि आवश्यक २ सय ७० मतमध्ये २ सय ५३ मत बाइडेनको पक्षमा आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तोमा उनलाई राष्ट्रपति बन्न १७ इलेक्टोरल मतको खाँचो छ । एरिजोनामा ११, जर्जियामा १६, नेभादामा ६ र पेन्सिलभेनियामा २० इलेक्टोरल मत छ । राष्ट्रपति ट्रम्पको अग्रता भने उत्तरी क्यारोलिनमा मात्रै छ । यहाँ १५ इलेक्टोरल मत छ । ट्रम्पको पक्षमा अहिलेसम्म २ सय १४ मतमात्रै देखिएको छ । त्यसैले, पुनर्निर्वाचित हुनका लागि ट्रम्पले ब्याटलग्राउन्ड स्टेटहरुमा नतिजा उल्ट्याउन सक्नुपर्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!