Search

प्रचण्डसहितका नेकपाका ५ नेताले आज प्रधानमन्त्रीलाई सामूहिक भेट्दै

प्रचण्डसहितका नेकपाका ५ नेताले आज प्रधानमन्त्रीलाई सामूहिक भेट्दै

बाँपीझ्याला, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूले आज प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुहुने भएको छ ।

अध्यक्ष प्रचण्डले बोलाउनुभएको हिजोको सचिवालय बैठकमा सहभागी पाँच सदस्यले आज प्रधानमन्त्री ओलीसँग सामुहिक भेटघाट गरी परामर्श गर्ने तय भएको हो ।

हिजोको बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँगको छलफलमा अहिलेसम्म भएको भेटका विषयमा जानकारी गराउनुभएको थियो । नौ जना सदस्य रहेको सचिवालयमा हिजो पाँच जनाको सहभागिता रहेको नेता झलनाथ खनालले बताउनुभयो ।

खनालका अनुसार सामूहिक भेट आज विहान ९ बजे तय भएको छ ।पार्टीलाई जीवन्त बनाउन र सरकारको काम कारवाही समेत प्रभावकारी बनाउन पार्टीको नियमति बैठक अनिवार्य रहेको बताउनुहुँदै नेता खनालले पार्टी बैठकबारे आज प्रधानमन्त्रीसँग छलफल गरिने बताउनुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!