काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच देखिएको समस्यालाई संवादमार्फत समाधान गर्न आग्रह गरेका छन् । नेपाल भ्रमणमा आएका भारतीय सेनाअध्यक्ष मनोज मुकन्द नरवणेसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदियौंं पुरानो विशिष्ठ सम्बन्ध रहेको धारणा राखेको प्रधानमन्त्रीका नीजि सचिवालय सदस्य रामशरण बजगाँईले बताए ।
दुई देशका सेना प्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेको बताइएको छ ।