बाँपीझ्याला, काठमाडौं । पटक पटक सर्दै आएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
आजका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर सरेको हो । अब बैठक कात्तिक २४ गते सोमबार बस्ने गरी तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
एक महिनादेखि काँग्रेस बैठक सर्दै आएको छ। बैठक बस्नुअघि नै पार्टीले गर्ने निर्णयबारे सहमति नजुटेपछि बैठक तीन दिन पर सारिएको हो ।
कोरोना महामारीका कारण फागुनमा तोकिएको १४औँ महाधिवेशन नहुने भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा काँग्रेसभित्र मतभेद छ।
संस्थापन पक्षले आउँदो भदौमा महाधिवेशन गर्न प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले जेठ वा त्यसभन्दा अघि नै महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।